राहदानी लिनै हैरानी

राहदानी लिनै हैरानी

समय : आइतबार : बिहान ४ बजे।
स्थान : राहदानी विभाग नारायणहिटी

मौसम विभागले सार्वजनिक गरेको सूचना ठ्याक्कै मिलेर हुनुपर्छ झरी रोकिएको थिएन। अन्नपूर्ण टिम नारायणहिटीस्थित राहदानी विभागको गेटमा पुग्यो। घडीले बिहानको ४ बजाएको थियो। झरीमा रूझ्दै सेवाग्राही पुगिसकेका थिए। ढिला पुगे काम नहुने चिन्ता। घुम्न, पढ्नभन्दा पनि नेपालमा रोजगारी नपाएर विदेश जान चाहने धेरै युवाको पहिलो यात्राको गन्तव्य हो यो राहदानी विभाग। जिल्लाबाट ढिला हुने भएकाले छोटो समयमा राहदानी बनाउन र रिन्यू गर्न यहाँ पुग्नै पर्छ। तर, यति काम सक्न यहाँ जो कोहीलाई सहज छैन। राहदानी विदेश यात्राका लागि पहिलो डकुमेन्टमा पर्छ। विभागले २०६७ पुस ६ गतेदेखि मेसिन रिडिएबल पासपोर्ट दिँदै आएको छ।

भदौरे झरी वर्षिरहेको छ। निथु्रकै भिजेर पनि आँखा मिच्दै लाइनमा छन्, म्याग्दीको रघुगंगाका ३२ वर्षीय रेशम परियार। नारायणहिटीस्थित राहदानी विभागको गेटमा उनी आइतबार बिहानै ४ बजे भेटिए।

मोटरसाइकलमा दुई सय किलोमिटर यात्रा गरेर उनी राहदानी नवीकरण गर्न आएका थिए। बाटाभरि पानीले चुटेको दुस्खेसो पोखे। ७ घण्टामा काठमाडौं टेकेका उनी लखतरान देखिन्थें। ‘५० लाख खर्च गरेर ब्राखापालन गरेको थिएँ। कोरोना महामारी अघि एकै पटक ५० वटा मरे,’ उनले भने, ‘ऋणको कुरै नगरौं, फर्म ऋणमै छ।’ ऋण तिर्न विदेश जानुको विकल्प नरहेको उनले बताए। ‘राहदानी नवीकरण गर्न आधा रातदेखि लाइनमा छु। काम हुन्छ कि हुँदैन ठेगान छैन।’,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.