माधवका सांसदहरूले चार दिनपछि होटेल छाडे, भोली आयोग जाने

१५ भदौ ७८, मंगलबार
Share this
706shares

१५ भदौ, विराटनगर ।

Advertisement

नेकपा एकीकृत समाजवादीले सांसदलाई होटलमा राखेर बन्दक बनाएको अरोप लागेपछि (एस)मा खुलेका सांसदहरुले चार दिनमा होटल छाडेका छन् ।

एमालेले एकीकृत समाजवादीले सांसद्हरुलाई होटलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो । समाजवादीमा लागेका १० सासदहरुले सोमबार साँझदेखि होटल छाडेका हुन् । उनी गत शुक्रबारबाट विराटनगरको बिग होटेलमा बस्दै आएका थिए ।

Advertisement

होटल छाडेसँगै उनीहरुले विराटनगरनै छाडेका छन् । होटलमा बस्दा विभिन्न आरोप आएपछि होटल छाडेको नेकपा (एस)का केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए ।

आफू इटहरीमा रहेको र केही अन्य केही सांसदहरु धरानतिर गएको राइले बताए । ‘भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुने हुन्छ । होटलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटल छाडेका हौँ’, राईले भने।

Advertisement

अहिलेसम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन् । राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन् ।

मगलबार नै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीतिअनुसार उनीहरु होटलमा बसेका थिए । प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक विदा दिएपछि उनीहरु बुधबार मात्रै आयोगमा जाने भएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top