प्रतिनिधिसभा विघटन मुद्दामा बहस गरेका गोविन्द बन्दी मन्त्री बन्दै

१५ भदौ, काठमाडौं।
अधिवक्ता गोविन्द बन्दी (शर्मा) मन्त्री बन्ने भएका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मन्त्री बन्ने सूचीमा बन्दीको नाम रहेको बताइएको छ।

Advertisement

प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकको तर्फबाट बहस गरेका बन्दी गैरसांसदका रुपमा मन्त्री बन्न लागेका हुन्। मन्त्री बनेको खण्डमा उनको कार्यकाल गैरसांसदका रुपमा ६ महिनाको हुनेछ।

उनी कानुनमन्त्री बन्ने लगभग तय भएको स्रोतले बताएको छ। दैलेख स्थायी ठेगाना भएका उनलाई यसअघि सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन खोजिएको थियो।

Advertisement

माधव नेपालसँग पारिवारिक नातासमेत रहेका बन्दीलाई ६ महिना मन्त्री बनाएर शान्ति प्रक्रियालाई टुंग्याउन सत्ता गठबन्धनका नेताहरु सहमत भएको स्राेतले बताएकाे छ । माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे र गोविन्द बन्दी साँढु दाइ साँढु भाइ हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top