कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

१७ भदौ ७८, शुक्रबार

काठमाडौं : पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा अन्यायमात्रै हुने भएकाले नवगठित नेकपा एस मा आउन आग्रह गरिरहेका छन्।

Advertisement

ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन्। २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन्। खाली स्थानमा विगतमा नेपाल खेमामा रहेका नेताहरूलाई मनोनयन गरिने भएपछि धेरै नेता नेकपा एस मा नजाने आकलन गरिएको छ। रिक्त ५५ केन्द्रीय सदस्यको सिफारिस नेपाललाई छाडेर एमालेमा रहेका १० स्थायी कमिटी सदस्यले गर्नेछन्। ‘पार्टीमा आएको समस्या हल गर्ने सम्बन्धमा सबै नेता लागेका छन्, समस्या हुँदैन। अहिलेको अवस्थामा रिक्त पदमा कसरी मनोनयन गर्ने भन्ने सम्बन्धमा छलफल जारी छ’, एमाले स्रोतले भन्यो।

केन्द्रीय समितिमा ५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन्। उनीहरूले देशभरका नेता–कार्यकर्तासँग छलफलपछि सिफारिस गर्ने भएका छन्। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार रिक्त सदस्य र १० बुँदे सहमतिअनुसार केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको टुंगो विधान अधिवेशनअघि नै लगाइनेछ। ‘प्रक्रिया अघि बढिसकेको छ, केही दिनमै टुंगो लाग्छ’, तामाङले भने, ‘विधान अधिवेशनअघि रिक्त ५५ र मनोनयनमा पर्ने २० पदमा गरी ७५ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी छ।’ उनका अनुसार निर्वाचन आयोगले दल रोज्न दिएको समय सकिएपछि मनोनयनले पूर्णता पाउनेछ।

Advertisement

एमाले सम्बद्ध अर्को स्रोतका अनुसार नेकपा एस तिर नेता–कार्यकर्ता नजाऊन् भन्नका लागि अहिलेसम्म सबैलाई सम्पर्क गरेर पार्टीमा उचित जिम्मेवारी दिने तयारी थालिएको छ। नेकपा एस का अध्यक्ष नेपालले पनि एमालेमा छँदा आफू निकट नेतालाई नयाँ पार्टीमा आउन र जिम्मेवारी सुनिश्चित गर्ने वचन दिएका छन्।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top