पशुपतिनाथको मन्दिर भदौ २५ देखि खुला गरिँदै

१८ भदाै, काठमाडौँ।

Advertisement

कोरोना संक्रमणका कारण बन्द रहेको पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको छ । कोरोना सङ्क्रमणका कारण लागू भएको निषेधाज्ञाले बन्द हुन पुगेको पशुपति गुह्येश्वरीलगायतका मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको हाे ।

भदौ २५ गतेदेखि पशुपतिनाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्व सरोकारवालासँग परामर्शका लागि बोलाएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।

Advertisement

वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top