NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

कांग्रेस वडा अधिवेशन सुरु : ‘आन्तरिक लोकतन्त्रमा रक्तसञ्चार’

शनिबार भदौ १९ , २०७८
Reading Time: 1 min read
A A
कांग्रेस वडा अधिवेशन सुरु : ‘आन्तरिक लोकतन्त्रमा रक्तसञ्चार’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार ४० भन्दा बढी जिल्लामा वडा अधिवेशन भएको छ । कोरोना भाइरसको संक्रमण र पार्टीको क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्योलमा परिरहेका बेला शुक्रबार सुरु भएको वडा अधिवेशनमा कांग्रेसका नेता कार्यकर्ताको सक्रिय सहभागिता रहेको छ ।

२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन् । अधिवेशनको पहिलो दिन शुक्रबार नै ४१ जिल्लामा वडा तहको अधिवेशन भएको छ । वडा तहको अधिवेशन सुरु भएसँगै कांग्रेस नेता तथा कार्यकर्ता फेरि एक पटक तल्लो तहमा चलायमान बन्न पुगेका छन् ।

४१ जिल्लामा वडा अधिवेशन सुरु भए पनि शुक्रबार नै सबै ठाउँमा प्रतिनिधि र वडा कार्यसमिति चयन प्रक्रिया भने सकिएको छैन । प्रदेश १ का ताप्लेजुङ, पाँचथर हुँदै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरसम्ममा वडा अधिवेशन भएको छ ।

Advertisement

सदस्यता विवाद टुंगो लागेका ५६ जिल्लामध्ये बाँकी नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पा, बागलुङ, सल्यानसहितका जिल्लामा २१ गते, प्युठान, दाङ, कालीकोट र दार्चुलामा २२ गते वडा अधिवेशन गर्ने निर्णय भएको छ । झापा जिल्लामा वडा अधिवेशन शनिबार हुने भएको छ भने नवलपुर, रुकुम पश्चिमसहितले २३ गते गर्ने निर्णय गरेका छन् । २१ जिल्लामा भने क्रियाशील सदस्यता विवाद नै टुंगो लाग्न सकेको छैन । यही विवादका कारण कांग्रेसले यसअघि तीन पटकसम्म महाधिवेशन स्थगित गरेको थियो ।

वडा अधिवेशनबाट चयन हुने प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्ने हुँदा शुक्रबारबाट सुरु भएको वडा अधिवेशनप्रति केन्द्रीय नेतृत्वको चासो हुने गरेको छ । १ सय ५० जनासम्म क्रियाशील सदस्यता रहेको वडाबाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानको व्यवस्था छ । त्यसपछि प्रत्येक सयभन्दा बढी क्रियाशील सदस्यता बराबर थप १०÷१० जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्थाअनुसार कांग्रेसले एउटा वडाबाट १५ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।

वडा तहबाटै पूर्ण समावेशी सिद्धान्तका आधारमा प्रतिनिधि छनोटको व्यवस्था गरेको कांग्रेसले कम्तीमा ३३ प्रतिशत महिला सहभागितालाई अनिवार्य गरेको छ । न्यूनतम १५ जना प्रतिनिधि चयन हुने वडामा ९ जना खुलाबाट र बाँकी सात जना समावेशी र समानुपातिक प्रतिनिधित्वबाट निर्वाचित हुने व्यवस्थासहित पहिलो पटक समानुपातिक सिद्धान्तको अभ्यास गरेको हो ।

क्रियाशील सदस्यता छानबिन समितिले बाँकी जिल्लाको विवाद समाधान गरेर सदस्यता सूची उपलब्ध गराए भदौ २७ गतेका लागि तोकिएको गाउँ र नगरपालिका अधिवेशनअघि नै बाँकी जिल्लाको अधिवेशन सक्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिको तयारी छ । सदस्यताको विवाद टुंगो लाग्न नसके भदौ २७ गतेका लागि तय गरिएको गाउँ र नगरपालिका अधिवेशन प्रभावित हुनेछ ।

त्यस्तो अवस्थामा प्रदेशसभा क्षेत्रीय अधिवेशनसहितका अन्य कार्यतालिका पनि प्रभावित हुनसक्ने नेताहरूले जनाएका छन् । कांग्रेसले पछिल्लो पटक तय गरेको कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते हुनेछ । मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको ।

यसैबीच, सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गर्दै पार्टीलाई सबल बनाउने कार्यमा जुट्न सबैलाई आग्रह गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जेमा पुगेर वडा अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने बताए । नेता कार्यकर्तालाई स्वास्थ्य सावधानी अपनाई अधिवेशनमा सहभागी हुन आग्रह गर्दै देउवाले भने, ‘मास्क लगाउनुस्, सामाजिक दूरी कायम गर्नुस् । कोरोनाको बेला छ । आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर महाधिवेशनमा सहभागी बन्नुुस् ।’

त्यसअघि बिहान शुभकामना सन्देश जारी गर्दै देउवाले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नुपरेको उल्लेख गरेका थिए । ‘आज म निकै खुसी छु । नेपाली कांग्रेसका ८ लाखभन्दा बढी क्रियाशील सदस्य आजदेखि १४ औं महाधिवेशन प्रक्रियामा सहभागी हुनुभएको छ र मैले ती सबै सदस्यहरू र नेतृत्वको जोस, जाँगर र साथको अनुभूति यति बेला गरिरहेको छु,’ देउवाले भनेका छन्, ‘लोकतन्त्रको पर्यायका रुपमा रहेको हाम्रो पार्टी नेपाली कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैं अग्रणी साबित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधैं अगाडि छ ।’

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको भन्दै देउवाले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग बलियो बनाई जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने दाबी गरेका छन् । ‘हामी १४औं महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेका छौं । पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु,’ उनले भनेका छन् ।

त्यस्तै, महामन्त्री शशांक कोइरालाले वडा तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने बताउँदै उनले पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने उल्लेख गरेका छन् ।

नेता शेखर कोइरालाले १४औं महाधिवेशन उत्सवका रुपमा आएको उल्लेख गरेका छन् । ‘कांग्रेस पार्टीसँग आबद्ध हामी विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्न गइरहेका छौं,’ उनले भनेका छन्, ‘यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँछ । यसरी हामी आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं ।’,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.