शाक्य र आचार्यले एकीकृत समाजवादी रोजे मुख्यमन्त्री पद जोगिन्छ : रामकुमारी झाँक्री

१९ भदौं, विराटनगर ।

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश–१ र बागमती प्रदेशका मुख्यमन्त्रीले एमाले छाडेर आफ्नो पार्टी रोजेको खण्डमा उनीहरूकै सरकारले निरन्तरता पाउने बताएकी छिन् ।

उनले आगामी भदौ २२ गतेसम्ममा मुख्मयन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्यले नेकपा (एस) मा आबद्ध भएको खण्डमा सरकार टिकाउनलाई विश्वासको मत जुटाउन मद्दत गरिने बताएकी हुन् ।

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेतृ झाँक्रीले भनिन्, ‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ ।’ उहाँहरू आउनु भयो भने विश्वासको मत दिलाउन हामी आफै खट्ने छौं । एमालेमै फर्किएको अवस्थामा उहाँहरूले विश्वासको मत लिनुपर्ने हुन्छ । सरकार अल्पमतमा पर्छ, त्यसकारण त्यो प्रक्रियाबाट नै नयाँ बाटो शुरु हुन्छ ।’

प्रदेश–१ का मुख्यमन्त्री आचार्य यसअघि नै आफू एमालेमा आबद्ध भइसकेको बताइसकेका छन् भने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफूलाई कुन पार्टी रोज्ने विषयमा मौन रहँदै आएकी छन् ।

उनले नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाउने तथा मुलुककै कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा निर्माण हुने दाबी समेत गरिन् । एमाले विभाजन भई समाजवादी बनेपछि एमालेमा फर्किएकाले सङ्कट नपर्ने समेत उनले दाबी गरिन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top