नख्खु कारागारमा कैदीबन्दी र कारागारका नाइकेबीच झडप

२० भदौ ७८, सोमबार

२१ भदाै, काठमाडौं ।

Advertisement

जेलभित्र रहेका कैदीबन्दीले सामान किनमेल गर्ने पसलमा मूल्य बढी लिएको विषय लाई लिएर  ललितपुरको नख्खु कारागारमा झडप भएकाे छ ।आईतबार कैदीबन्दी र कारागारका नाइकेबीच झडप भएको हाे ।

 समानको मूल्य बढी लिएको भन्दै कैदीबन्दीले प्रदर्शन गर्दा झडपको स्थिति बनेको हो । सो क्रममा कैदीबन्दी र कारागारका नाइके पक्षबीच सुरुमा विवाद भएको थियो । त्यसपछि कुटाकुट नै भएको थियो ।

Advertisement

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले  प्रमुख जिल्ला अधिकारीसहित कारागार व्यवस्थापन पक्षबीचमा आइतबार साँझ नै सो विषयमा सहमति भइसकेको बताए ।

असन्तुष्ट रहेका कैदीबन्दीले भने आफ्ना मागसहितको ज्ञापनपत्र कारागार प्रशासनलाई बुझाएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top