असोज १ गतेदेखि एक हप्तासम्म सुपथ मूल्य पसल सञ्चालन हुने

२० भदौ ७८, सोमबार

२१ भदौ, काठमाडौं ।

Advertisement

सरकारले आउँदो असोज १ गतेदेखि एक हप्तासम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको छ ।

Advertisement

केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औं बैठकले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य निकायहरूको समन्वयमा विस्तृत कार्ययोजना तयार गरी १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालनासहित सहज यात्रा व्यवस्थापनलगायत कामको व्यवस्थापन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत गराउन निर्देशन दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top