२१ भदाै,एजेन्सी ।
अदालतको अवहेलनामा जेल सजायँ काटिरहेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोव जुमालाई स्वास्थ्य उपचारका लागि प्रतिज्ञामा जेल छुट दिइएको छ । ७९ वर्षीय पूर्व राष्ट्रपति जुमालाई १५ महिनाको जेल सजाय तोकिएको थियो ।
जुमाको कस्तो प्रकारको स्वास्थ्य समस्या हो भन्ने स्पष्ट पारिएको छैन । तर उनको बाँकी सजाय भने समुदायमा नै निश्चित मापदण्डमा रहेर पूरा हुने जनाइएको छ ।
जुमा विगत एक महिनादेखि अस्पतालमा उपचाररत छन् । उनको शल्यक्रिया समेत गरिएको बताइएको छ । राष्ट्रपति रहेका बेला भ्रष्टाचार गरेको आरोपमा भइरहेको छानविनमा असहयोग गरेको भन्दै गिरफ्तार गर्ने तयारी गरिरहेका बेला पूर्व राष्ट्रपति जुमाले गत जुलाईमा प्रहरी समक्ष आत्म समर्पण गरेका थिए ।
