कांग्रेसका हातमा ठेक्का लाग्यो भने तुइनबाट मान्छे मर्छ : ओली

२१ भदौ ७८, मंगलबार

२१ भदाै, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका मान्छेले काम नगर्दा महाकालीमा तुइनबाट खसेर नेपाली नागरिक मारिएको आरोप लगाएका छन् ।

साेमबार काठमाडाैँमा युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइन विस्थापन अभियानअन्तर्गत तुइन काटेर मान्छे मारिएको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागिसकेको, ठेक्का पाउने कांग्रेसको मान्छेले काम नगर्दा दुर्घटना हुन पुगेको आरोप लगाए । उनले भने ‘कांग्रेसका हातमा ठेक्का लाग्यो भने तुइनबाट मान्छे मर्छ । ठेक्का कांग्रेसको भागमा पर्‍यो, काम नगरिदने, मान्छे मारिदिने ।’

Advertisement

उनले जयसिंह धामी महाकालीमा बेपत्ता भएको सम्बन्धमा भारत सरकारसँग प्रश्न किन नउठाएको भनेर ओलीले सोधेका छन् ।’तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ । त्यसबारे तपाईं बोल्नुहुन्न । नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ । तर पनि बोल्न सक्नुहुन्न । भारत भन्छ, थाहा छैन । भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नुहुन्न ?’

दार्चुलामा तुइनबाट खसेर व्यास गाउँपालिकाका जयसिंह धामी महिना दिनअघिदेखि बेपत्ता छन् । उनी खसेको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागे पनि काम भने अघि बढेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top