मुक्त हलियालाई आत्मनिर्भर बनाउन योजनाबद्धरूपमा अगाडि बढ्छौँ : मुख्यमन्त्री भट्ट

२२ भदौ, कञ्चनपुर ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलियालाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा कार्यक्रम अगाडि बढाइने बताएका छन् ।

सोमबार पुर्नवास नगरपालिका–९ सीताबस्तीमा १३औँ हलिया मुक्ति दिवसका अवसरमा उनले मुक्त हलिया परिवारलाई आयआर्जनसँग जोडेर स्वरोजगार बनाइने बताए ।

Advertisement

प्रदेश सरकारले समाजमा पछाडि परेका वर्गहरुको उत्थानलाई लक्ष्य गरी ल्याउन लागेको कानून निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

पुनःस्थापन, छुट मुक्त हलियाको अभिलेखीकरण, वृत्तिविकास, सहुलियत ऋण प्रदान गर्नेलगायतका काम छिट्टै अगाडि बढाइने उनले बताए ।

“मानव जाति रहँदासम्म सङ्घर्ष जारी रहन्छ”, उनले भने, “सामाजभित्रको गलत चिन्तन परिवर्तन नहुँदासम्म कानुनमात्रै बनाए पुग्दैन ।”

यसका लागि साझा सङ्घर्षको उठान गर्नु जरुरी रहेको उनले बताए । स्वरोजगार कार्यक्रममा केही गर्नुपर्छ भन्ने भावना भएका युवालाई सहभागी गराउनुपर्नेमा जोड दिँदै उनले युवालाई स्वरोजगार बनाई नमूनाका काममा सङ्लग्न गराइने बताए ।

राजनीतिक परिवर्तनसँगै जनताले विकासको अनुभूति गर्न पाएको धारणा अघि सार्दै उनले स–साना योजनाका लागि पनि पहिला देशकै राजधानीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

सुदूरपश्चिम सरकार गरिब जनताको सरकार भएकाले कमजोर वर्गका लागि काम गर्दै आएको उनको भनाइ थियो । राजनीतिक उपलब्धिलाई बचाइराख्नका लागि एकताबद्ध भएर सबैले अगाडि बढ्नुपर्ने उनले बताए ।

सीमा क्षेत्रमा बसोबास गर्ने जनताले जङ्गली जनावरबाट समस्या झेल्दै आएकाले त्यसको निदानका लागि ‘फेन्सिङ’ लगाउनका लागि बजेटको यथोचित व्यवस्था गरिने उनले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top