कोहलपुर–सुर्खेत प्रसारण लाइन : १३ हजार रुख काटिने

२२ भदौ ७८, बुधबार

२३ भदाै, सुर्खेत ।

निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रुख कटान गरिने भएको छ । रुख कटानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान फाइल तयार भइसकेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले विभागीय मन्त्री नहुँदा काममा ढिलाइ भएको जनाउँदै मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि रुख कटानका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जालगायत प्रक्रिया शुरु गरिने बताए । “यति ठूलो सङ्ख्या रुख कटान गर्न समय लाग्छ, अबको एक वर्षभित्र प्रसारण लाइन निर्माण गरिसक्नुपर्नेछ”, उनले भने, “रुख कटानमा जति ढिलाइ भयो, त्यति नै प्रसारण लाइन विस्तारमा समय लाग्छ ।” रुख कटानमा ढिलाइ हुँदा जग्गाको मुआब्जा वितरणदेखि प्रसारण लाइन निर्माणको काम प्रभावित हुने चौधरी बताउँछन् ।

नेपाल विद्युत् प्राधिकरणको ३६ औँ वार्षिकोत्सवका अवसरमा आयोजनाले कोहलपुरबाट प्रसारण लाइनको टावर निर्माण शुरुआत गरेको थियो । करिब रु ७० करोडका लागतमा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले प्रसारण लाइन निर्माण ठेक्का लिएको थियो । गत वर्ष असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले निर्माण अघि बढाएको छ । बाउन्न किमी दूरी रहेको सो प्रसारण लाइनका लागि डबल सर्किटअन्तर्गत १६१ टावर निर्माण गर्नुपर्ने छ ।

विसं २०४५ मा निर्मित ३३ केभी प्रसारण लाइनका कारण कर्णालीमा ‘अनियमित विद्युत्’ ठूलो समस्याका रुपमा छ । भोल्टेज कम हुने, सामान्य वर्षा र हावाहुरीमै खम्बा ढल्नेजस्ता समस्याले यहाँ उपभोक्ताले हैरानी खेप्नुपरेको छ । सो आयोजना निर्माण सम्पन्न भएमा सबै समस्या हट्ने देखिन्छ । आयोजना बाँकेको कोहलपुर सब–स्टेशनबाट प्रारम्भ भई सुर्खेतको वीरेन्द्रनगरस्थित सब–स्टेशनमा पुगेर टुङ्गिने छ ।

आयोजनाका अनुसार प्रसारण लाइनका अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्छ । प्रसारण लाइनको ७० दशमलव ५४५ भाग वन क्षेत्र, १५ दशमलव १३५ खेतीयोग्य, दुई दशमलव २६५ बाँझो जमिन तथा ११ दशमलव ६५ अन्य भागले ओगटेको छ । सो आयोजनाबाट बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाका बाँसगढी नगरपालिका तथा सुर्खेतका भेरीगङ्गा, लेकबेँसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top