२४ भदाै, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद तथा महिला कार्यकर्तालाई दर खुवाएर तीजको शुभकामना दिएका छन् । बुधबार संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरीसहितका सांसदहरु र महिला नेताहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।

बालकाेटमा ओली पत्नी राधिका शाक्यले दरको कार्यक्रम आयोजना गरेको र शाक्यकै निम्तोमा आफूहरु दर खान गएको एमाले सांसद निरु पालले बताइन् ।
कार्यक्रममा सांसदहरु राधा ज्ञवाली,डा.शिवमाया तुम्बाहाम्फे, विद्या भट्टराई, निरु पाल,आशा विक, जुली कुमारी महतो, शान्ति पाख्रिन लगायत पुगेका थिए । त्यस्तै महिला आयोगकी अध्यक्ष कमला पराजुली पनि दर खान गएकी थिइन् ।
