म्यासाडोनियामा कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा आगलागी, १० जनाको मृत्यु

२३ भदौ ७८, बिहीबार

२४ भदाै, एजेन्सी ।

Advertisement

उत्तरी म्यासाडोनियामा कोरोना संक्रमित विरामीको उपचार गर्ने एक अस्पतालमा आगलागी हुँदा १० जना विरामीको मृत्यु भएको छ । टिटोभाउ शहरमा रहेको सो अस्पताल भवनबाट कालो धुवाको मुस्लो निस्किएको दृश्य सामाजिक मिडियामा सार्वजनिक भएको छ ।

स्थानीय समय अनुसार अस्पतालमा हिजो साँझ ७ बजे आगलागी भएको बताइएको छ । हाल अग्नी नियन्त्रकहरुले आगलागी नियन्त्रणमा लिइसकेका छन् ।

Advertisement

म्यासाडोनियाका स्वास्थ्य मन्त्रीले घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचार गर्ने सो अस्पतालबाट कतिपय विरामीलाई अन्य अस्पतालमा सारिएको छ । आगलागी हुँदा अस्पतालमा कति जना विरामी उपचाररत थिए भन्ने स्पष्ट हुन सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top