×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-28-2026 || Nepal Times
Apr 28, 2026
Playing
आफ्नै देशमा तीन विमानस्थल छन, तर संकटमा किन विदेशीकै शरण?|| Nepal Times
Apr 28, 2026
Playing
अर्थतन्त्र उकास्ने कस्तो छ स्वर्णिमको’मास्टरप्लान’ ?ऋणमा देश ब्याज तिर्नै सकस || Nepal Times
Apr 28, 2026
Playing
‘सरकारी कार्यालयका शौचालय सरसफाई कार्यविधि’ जारी, के छ व्यवस्था ? || Nepal Times
Apr 28, 2026
Playing
साक्षीको बकपत्र गर्दा सरकारी वकीलको अनिवार्य उपस्थिति|| Nepal Times
Apr 28, 2026
Playing
नयाँ शैक्षिक सत्रको भर्ना आजदेखि सुरु || Nepal Times
Apr 28, 2026
Playing
रुसले इरानलाई सहयोग गर्ने, पुटिनलाई भेटेर अराघचीले भने असफल अमेरिका वार्ता गर्न चाहान्छ| Nepal Times
Apr 28, 2026
Playing
३ दिनमा १० हजार सुकुम्बासी प्रभावित, मनोहरामा विद्यालयसहित सबै घर भत्काइए|| Nepal Times
Apr 28, 2026
Playing
आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना|| Nepal Times
Apr 28, 2026
Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026

किबी खेतीमा किसानको आकर्षण

२४ भाद्र २०७८

२४ भदाै, डोटी।

पछिल्लो समय यहाँका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि आधुनिकीकरण नीतिलाई कार्यान्वयन गरिराखेको छ । यसले गर्दा उनीहरु मकै फल्ने बारीमा किबी खेती गर्न लागेका छन् ।

Advertisement
Advertisement

सो खेतीबाट वर्षौँसम्म आम्दानी लिन सकिने जनाइएको छ । यसबाट मनग्य आम्दानी हुन थालेपछि त्यसतर्फ आफूहरुको आकर्षण बढेको किसान बताउँछन् । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा, दिपायल सिलगढी तथा शिखर नगरपालिकालगायतका ठाउँमा किबी खेती गरिँदै आएको छ ।

आठ वर्ष पहिले परीक्षणका लागि लगाइएको किबीले अहिले राम्रो फल दिन सुरु गरेको सिलगढीका स्थानीयवासी हेम मल्लले बताए । उनले भने, “साविकको जिल्ला विकास समितिले परीक्षणका लागि केही बोट किबी दिएको थियो, मैले लगाए अहिले राम्रो फलेको छ, मेरो किबी देखेर अरुले पनि लगाउन सुरु गरेका छन् ।” उत्पादित किबी स्थानीय बजारसँगै छिमेकी जिल्ला डडेलधुरा तथा कैलालीसम्म माग हुने गरेको उनले जानकारी दिए। किबी खेतीबाट मनग्य आम्दानी हुने गरेको जोरायल–५ गड्सेराका स्थानीयवासी लीलाधर विष्टले जानकारी दिए।

किबीप्रति किलो स्थानीय बजारमा रु २५० देखि ३०० सम्ममा सहजै बिक्री वितरण हुने गरेको उनको भनाइ छ । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायतका बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिए । उनले भने, “किबीले शरीरलाई राम्रो फाइदा दिन्छ, स्वास्थ्यमा फाइदा दिने जानकारी नागरिकले पाएपछि माग पनि बढेको हो ।”

हर्बल प्रोडक्टमा पनि किबीको प्रयोग हुँदै आएको कृषि प्राविधिक बताउँछन् । किवी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँका विभिन्न ठाउँमा एक हजार ७०० देखि एक हजार ८०० फिटसम्मको उचाइमा किबी खेती गरिएको बताइएको छ । किबी खेतीका लागि डोटी जिल्ला उपयुक्त रहेको र किसानलाई प्रोत्साहन गर्न प्रदेश कृषि विकास निर्देशनालयले सहयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।

उनले भने, “हामी आधुनिक कृषि व्यवसायमा प्रोत्साहन गर्दैछौँ, किबीलगायत अन्य खेतीमा सहयोग गरेका कारण पछिल्लो समय यहाँका किसान व्यावसायिक कृषि खेतीमा लागिपरेका छन् ।” केही वर्ष पहिला परीक्षणका लागि सुरु गरिएको किबी खेती अहिले प्रशस्त फलेको र अन्य किसान पनि व्यावसायिकरूपमा किबीलगायतका खेतीमा लागेको उनको दाबी छ । किबीको बिरुवा रोपेको तीन वर्षमा फल दिन सुरु गर्ने भए पनि डोटीमा भने दुई वर्षमै किबीले फल दिएको र राम्रो आम्दानी भइरहेको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

Advertisement

किबीको बिरुवा पुस महिनामा रोपिने गरेको र यसको फल कात्तिकदेखि मङ्सिर महिनासम्म पाक्ने गरेको ज्ञान केन्द्रले जनाएको छ । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने किबी केन्द्रको दाबी छ । चीनबाट पहिलो उत्पादन सुरु भएको किबीको अहिले विश्वका विभिन्न देशमा व्यावसायिकरूपमा खेती हुँदै आएको बताइएको छ । विभिन्न १७ प्रकारका भिटामीन पाइने किबी फलमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘इ’ पाइने गरेको बताइएको छ ।रासस

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top