अमेरिकाले अफगानिस्तान छाडेसँगै नयाँ संकट सुरु भयो : रुसी राष्ट्रपति पुटिन

अमेरिकाले अफगानिस्तान छाडेसँगै नयाँ संकट सुरु भयो : रुसी राष्ट्रपति पुटिन

२५ भदौ, काठमाडौं ।

रुसी राष्ट्रपति भलादमिर पुटिनले अफगानिस्तानको वर्तमान अवस्थाको लागि अमेरिका जिम्मेवार भएको बताए ।

ब्रिक्स शिखर सम्मेलनको १३ औँ अधिवेशनलाई अनलाइन सम्बोधन गर्दै पुटिनले बिहीबार यस विषयमा टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

‘अमेरिका र त्यसका सहयोगी देशका सेना अफगानिस्तानबाट बाहिरिएसँगै त्यसले नयाँ समस्या खडा गरेको छ’, उनले भने, ‘र अहिलेसम्म यो प्रष्ट भएको छैन कि, यसको विश्वव्यापी रुपमा के असर पर्ने हो ?’

उनले अहिलेको अवस्थाले विश्व सुरक्षामा ठूलो चुनौती उत्पन्न भएको पनि बताए । यसले रणनीतिक रुपमा स्थिरता कायम गर्नमा खतरा हुनसक्ने उनको भनाइ छ ।

तालिबानको अन्तरिम सरकार बनेपछि पुटिनले दिएको यो अभिव्यक्तिलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले महत्वका साथ लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.