प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई भने–‘अब मन्त्रिपरिषद् विस्तारमा ढिला नगरौं चाडो नाम दिनुस्’

प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई भने–‘अब मन्त्रिपरिषद् विस्तारमा ढिला नगरौं चाडो नाम दिनुस्’

२५ भदौ, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहरुलाई मन्त्रिपरिषद्मा विस्तारमा अब ढिलाइ गर्न नहुने भन्दै चाडो मन्त्रीहरुको नाम दिन आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उनले यस्तो आग्रह गरेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।

‘मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नुहुन्न भन्नेमा सबै सहमत भएका छौं,’ उनले भनिन्, ‘प्रधानमन्त्री ज्यूले गठबन्धनमा रहेका दलका नेतालाई नाम दिन आग्रह गर्नुभयो।’

उनका अनुसार गठबन्धनमा सामेल दलका प्रमुखले छिट्टै पार्टीमा छलफल गरेर नाम दिने बताएका छन् बैठकमा संसद् बैठकमा अध्यादेश टेबुल गर्ने विषयमा पनि कुराकानी भएको छ।

सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले एमसीसी परियोजनाका उपाध्यक्ष फातिमा सुमारसँग भएको छलफलका बारेमा जानकारी दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.