एमाले सांसद र मर्यादापालकबीचको घम्साघम्सीमा सत्तापक्षको टेबल भाँचियो

२५ भदाै, काठमाडौं।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद र मर्यादापालकहरुबीच  ठेलमठेल हुँदा प्रतिनिधि सभा संसदको एउटा टेबल भाँचिएको छ।शुक्रबार नेकपा एमालेका सांसदहरुले नाराबाजी ‍गरिरहँदा सभामुख अग्नि प्रसाद सापकोटाले संसद बैठकलाई अघि बढाएका थिए।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका सभामुख सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय उपलब्ध गराएका थिए। एमाले सांसदहरुले अध्यादेश टेबुल गर्न रोस्टम जानबाट अर्थमन्त्रीलाई राेक्न खोजे।

Advertisement

त्यसक्रममा एमाले सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी हुँदा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ। टेबुल भाँचिएपछि सत्तापक्षको पहिलो लहरमा बसेका कांग्रेस सांसदहरु पछाडिको लहरमा गएका थिए।

 अवरोधका बीच जनार्दन शर्मा भने बेलको पछाडिबाट घुमेर रोस्टममा पुगेर आर्थिक अध्यादेश टेबुल गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top