नेपालले पपुवा न्युगिनीलाई दियो २३४ रनको लक्ष्य, शतक बनाउन चुके रोहित

२५ भदाै, काठमाडौं ।

नेपालले पपुवा न्युगिनीलाई दोस्रो ओडिआई खेलमा २ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको संयमित ब्याटिङ र अलराउन्डर करण केसीको आक्रामक इनिङको सहयोगमा उक्त लक्ष्य दिएकाे हाे ।

नेपालले निर्धारित ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भयो । नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । करण केसीले तल्लोक्रममा २६ बलमा २ चौका र ४ छक्का सहित ४२ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । सातौं विकेटका लागि रोहित र करणले ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

रोहितले ७९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका थिए । यसअघि पिएनजीविरुद्ध पहिलो खेलमा नेपाललाई संघर्षपूर्ण दुई विकेटको जित दिलाउन रोहितले सर्वाधिक महत्वपूर्ण ४१ रनको इनिङ खेलेका थिए । शुक्रबारको खेलमा मिडअनमा टोनी उराले क्याच ड्रप गरेपछि रोहितले ब्यक्तिगत ३७ रनमा जीवनदान पाएका थिए ।

तेस्रो ओभरको पहिलो बलमै ओपनर आसिफ शेख तीन रनमा क्याच आउट हुन पुगेका थिए । तीव्र गतिका बलर काबुआ मोरियाको बलमा आसिफ सेसे बाउबाट क्याच आउट भएका थिए । तीव्र गतिका बलर नर्मन भानुआको चौथो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर किप्लिङ डोरीयाबाट तीन रनमा क्याच आउट भएपछि नेपालले खराब सुरुवात गरेको थियो । कुशल आउट हुँदा नेपाल ९–२ को कमजोर अवस्थामा थियो ।

उक्त खराब सुरुवात गरेको नेपालका लागि रोहित र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ८९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । नेपाली ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा नेपालबाट सर्वाधिक ठूलो साझेदारी छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले गत वर्ष अमेरिकाविरुद्ध गरेको ८४ रन थियो ।

ज्ञानेन्द्र ७० बलमा ३ चौका र २ छक्का सहित ४५ रनमा एलबीडब्लू आउट भए । मध्य गतिका बलर चन्द सोपरले २५ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट गरेपछि ओडिआई करिअरको तेस्रो अर्धशतक बनाउन ज्ञानेन्द्र पाँच रनले चुकेका थिए । विनोद भण्डारी १७ रनमा रन आउट हुन पुगे । ३५ औं ओभरको दोस्रो बलमा नर्मन भानुआको डाइरेक्ट थ्रोमा विनोद दुर्भाग्य पूर्ण रन आउट भएका थिए ।

युवा ब्याट्सम्यान कुशल मल्ल एक रनमा क्याच आउट भए । लेगस्पिनर चाल्र्स अमिनिको गुगली बलमा ठूलो सट खेलेका कुशल एज लागेर फस्ट स्लिपमा सेसे बाउबाट क्याच आउट हुन पुगेका थिए । सोमपाल कामी ठूलो सर्ट खेल्ने धुनमा डिप मिडविकेटबाट सोपरबाट ११ रनमा क्याच आउट हुन पुगे ।

व्यक्तिगत १८ रनमा सेसे बाउले क्याच ड्रप गर्दा करणले जीवनदान पाएका थिए । रोहित र करण ४९ औं ओभरम लगातार आउट भएका थिए । करण तेस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा कप्तान असाद भालाबाट क्याच आउट भएका थिए । रोहित स्कुप सट खेल्नेक्रममा टोनी उराबाट समानिएपछि आफ्नो करिअरकै पहिलो शतक बनाउन चुकेका थिए ।

नेपालले अन्तिम एक रन जोड्दा चार विकेट गुमाएको थियो । एक समय नेपाल ४८.२ ओभरमा २३२–६ को अवस्थामा थियो । तर थप एक रन जोड्न चार विकेट गुमाउँदै अल आउट भयो ।

पिएनजीका काबुआ मोरियाले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए । चन्द सोपरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । नर्भन भानुआ २ र चाल्स अमिनिले एक विकेट लिए ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top