बजेटमाथि चलखेलः १० करोडसम्मका निर्माण ठेक्का कार्यकर्तालाई दिने प्रपञ्च

२७ भदौ, काठमाडौँ ।

अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक लाभ लिने उद्देश्यले दलका नेता–कार्यकर्तालाई १० करोड रूपैयाँसम्मका सार्वजनिक निर्माणका ठेक्का दिन सक्ने गरी कार्यक्रम ल्याएका छन्।

अर्थमन्त्री शर्माले संसद्मा शुक्रबार प्रस्तुत गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा बेरोजगार युवाहरूको श्रम समूह वा श्रम सहकारी गठन गरी त्यसमार्फत १० करोडसम्मको लागतका सार्वजनिक निर्माणमा सहभागी बनाउने कार्यक्रम राखिएको छ।

लामो समयदेखि उपभोक्ता समितिका नामबाट नेता–कार्यकर्तालाई निर्माण कार्यमा सहभागी बनाएजस्तै अर्थमन्त्री शर्माले अहिले श्रम समूह वा श्रम सहकारीका नाममा नेता कार्यकर्तालाई ठेक्कापट्टामा सहभागी बनाउन खोजेका हुन्।

विधेयकको बुँदा नं. २६ मा भनिएको छ, ‘बेरोजगार युवाहरूको विस्तृत लगत अद्यावधिक गरी एकीकृत अभिलेख तयार गरिनेछ। श्रम समूह वा श्रम सहकारीमार्फत युवालाई संगठित गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्न तालिमसहित यस्ता श्रम समूह वा श्रम सहकारीले सार्वजनिक निर्माण क्षेत्रको १० करोडसम्मको लागतको आयोजनामा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने कानुनी प्रबन्ध गरिनेछ।’

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यो कार्यक्रम सिधै अर्थमन्त्री शर्माले राख्न लगाएका हुन्। उनका अनुसार मुलुकको विकासका काममा निर्माण व्यवसायीबाहेक अन्य समूहको आवश्यकता देखिए सम्बन्धित मन्त्रालयले यस्तो कार्यक्रम प्रस्ताव गर्न सक्छ।

सबै पक्षको छलफलपछि कार्यक्रम बजेटमा राख्न सकिन्छ। तर, अहिले अर्थमन्त्री शर्माले नेता–कार्यकर्तालाई ठेक्का दिलाएर राजनीतिक स्वार्थ पूरा गर्न सिधै यो कार्यक्रम राख्न लगाएका हुन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top