आँखाको नानीदान संकलनका लागि सम्झौता

२९ असार ७५, शनिबार

काठमाडौँ, असार ३०

Advertisement

तिलगंगाा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच गंगालाल हृदयरोग केन्द्रमा यही असार २९ देखि आँखादान सम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङ र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माबीच सम्झौतापत्र आदानप्रदान भएको हो ।

Advertisement

सम्झौतापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिहंले सरकारले गर्नुपर्ने काम तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखादान समाजको पहलमा भएको बताउँदै दृष्टिविहीनलाई दृष्टि दिने पुण्य कार्यमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाए।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले विगतमा आँखादान सम्बन्धी मानिसलाई बुझाउन गाह्रो भए तापनि अहिले धेरै हदसम्म सफल भएको बताउँदै आँखाको नानी संकलन केन्द्र देशव्यापी रुपमा धेरै बढाउन सके नानीबाट दृष्टिविहीन भएर बस्नुपरेकाको लागि दृष्टि फकार्उन सकिने धारणा व्यक्त गरिन् ।

Advertisement

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले मुलुकभर सबै क्षेत्रबाट तिलगंगासँग सहकार्य गरेर आँखाको नानी संकलन केन्द्र वृहत रुपमा बढाएर दृष्टिविहीनलाई दृष्टि प्रदान गर्नका लागि अपिल गरे।

नेपाल आँखादान समाजका अध्यक्ष जगन्नाथ महर्जनले देशका विभिन्न जिल्लामा अवस्थित सरकारी अस्पतालमा पनि आँखाको नानी संकलन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताए।

“आँखा दान महादान” भन्ने युत्तिसँगै दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दैआएको नेपाल आँखा कार्यक्रम अन्तर्गत नेपाल आँखा बैंकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताबाट नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ ।

आँखा बैकले शुरुवातको अवस्थामा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दान सम्बन्धी मानिसमा जनचेतना जगाइ यस सम्बन्धी बुझाइन्थ्यो भने अहिले यीसँगै आर्यघाट विद्युतीय शव दाह गृहलगायत काठमाडौँमा रहेका तीन वटा ठूला अस्पताल वीर अस्पताल, त्रिविशिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बैँकबाट खटाइएका परामर्शदाताले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ ।

नेपालमा दृष्टिविहीन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हो ।

बैँकमा अहिले ७० हजार भन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्, भने झण्डै १२ हजार ५०० जना भन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ ।

विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैँकको स्थापना भएपछि नेपालमा यो सेवा सहज भएको हो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top