संसद्‌को अवरोध हटाउन एमालेका सांसदसँग छलफल गर्दै सभामुख सापकोटा

२७ भदौ, काठमाडौं ।

प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउनका लागि सभामुख अग्नि सापकोटाले नेकपा एमालेका सांसदलाई छलफलका लागि बोलाएका छन्।

संघीय संसद भवनमा अहिले सभामुख सापकोटाले नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी तथा सांसद खगराज अधिकारीसँग कुराकानी गरिरहेका छन्।

Advertisement

सभामुखको सचिवालयका अनुसार छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी छन्।

प्रतिनिधि सभाको नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले संसद बैठकमा नाराबाजी गर्दै आएका छन्।

Advertisement

एमालेका सांसदहरुको नाराबाजीकै बीच यसअघि बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने ल्याएको अध्यादेश भएको थियो। यस्तै, शुक्रबारको बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएका थिए भने अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेस गरेका थिए।

आइतबार बसेको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेपनि एमाले सांसदहरुको नाराबाजीका कारण पक्रिया अगाडि बढ्न सकेको छैन।

एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। १५ मिनेटका लागि बैठक स्थगित गरेपछि संसदको अवरोध हाटउन सभामुख सापकोटाले एमाले प्रमुख सचेतक र सचेतकसहित सांसदहरुसँग छलफल अगाडि बढाएका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top