×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ का इन्धन ट्यांकरहरुमा सेक्युरिटी लकिंग सिस्टम लागू

३१ असार २०७५

विराटनगर,असार ३१
नेपाल आयल निगम प्रदेश एक कार्यालयले भारतबाट इन्धन ओसार्ने ट्यांकरहरुमा सेक्युरिटी लकिंग सिस्टम लागू गरेको छ । निगमको प्रदेश कार्यालय परिसरमा शनिबार आयोजित कार्यक्रमकाबीच लकिंग सिस्टम प्रणालीको उदघाटन गरिएको हो ।

इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमका पदाधिकारीको उपस्थितिमा लकिंग सिस्टम प्रणाली लागू गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भारतको बरौनीबाट लक गरि ल्याइएको ट्यांकरको ताल्चा खोल्दै सुरक्षात्मक लकिंग प्रणालीको शुरुआत गरे ।

Advertisement
Advertisement

उद्घाटन समारोहमा निगमका कार्यकारी निर्देशक भट्टराईले आधुनिक लक सिस्टम कुनै पनि हालतमा सफल हुने बताए । भट्टराईले लक सिस्टम लागू गर्ने विषयमा छलफल गर्दा यसअघि अवरोध भएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रदेश कार्यालयले इण्डीयन आयल कर्पोरेशनको सिलीगुडी र बरौनी डिपोबाट ट्यांकर मार्फत इन्धन आयात गर्दै आएको छ । सो क्रममा इन्धन चुहावट हुने गरेको थियो । सिक्योरिटी लकिंग सिस्टम लागु भएपछि भारतमा इन्धन लोड गर्ने ठांउमै ट्यांकरहरुमा ताला लगाईने र सो ताला नेपालस्थित नेपाल आयल निगमको डिपोमै खोल्नेगरि ब्यवस्थापन गरिएको छ । यसोगर्दा ढुवानीको क्रममा हुने इन्धन चोरी र मिसाबटको क्रम रोकिने निगमका प्रदेश कार्यालय प्रमुख भानुभक्त खनालले बताए ।

Advertisement

क्षेत्रीय डिपो विराटनगरकालागि ३ सय ५० ट्यांकरहरुले इन्धन ओसार्ने गरेका छन । निगमको प्रदेश कार्यालयले भारतको बरौनीबाट ९० प्रतिशत इन्धन आयात गर्ने गरेको छ । क्षेत्रीय डिपोमा बार्षिक २ लाख ४० हजार केएल डिजल र ६६ हजार केएल पेट्रोल आयात गर्ने गरिएको जनाईएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top