×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

अमेरिकामाथि नेपालको सानदार जित, कुशल र रोहितको कीर्तिमानी ब्याटिङ

२९ भाद्र २०७८

२९ भदाै, काठमाडौं ।

युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनकाे सहयोगमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

Advertisement
Advertisement

ओमनको अमरेत क्रिकेट मैदानमा साेमबार भएकाे खेलमा अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहँदै नेपालको जित पक्का गराए । विकेटकिपर विनोद भण्डारी ४८ बलमा २ चौका र १ छक्का सहित ३७ रनमा क्याच आउट भए ।

पाँचौ विकेटका लागि रोहित र विनोदले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको जित पक्का गराएका हुन् । नेपालको ओडिआईमा पाँचौ विकेटका लागि भएको यो उच्च साझेदारी हो ।

रोहितले ७९ बलमा छक्का साथ आफ्नो ओडिआई करिअरको कीर्तिमानी अर्धशतक पूरा गरे । रोहितको यो ओडिआई करिअरमा लगातार दोस्रो अर्धशतक हो । उनी नेपालबाट ओडिआईमा तेस्रो अर्धतक बनाउने पहिलो खेलाडी हुन् । ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए ।

स्पिनर निसर्ग पटेलको ३३ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएपछि कुशल शतक बनाउन १६ रनले चुकेका थिए । नेपालबाट एकै खेलमा व्यक्तिगत यो तेस्रो ठूलो रन हो । यसअघि २०१९ मा पारस खड्काले यूएईविरुद्ध १ सय १५ र रोहित कुमार पौडेलले पिएनजीसँग ८६ रन छ ।

नेपाललाई पहिलो विकेटका लागि ओपनर आसिफ शेख र कुशलले १४ ओभरमा ६६ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । आसिफ शेख ४२ बलमा २ चौका सहित २३ रनमा क्याच आउट भए । नेपाली ओडिआई क्रिकेट ओपनरले पहिलो विकेटका लागि गरेको यो उच्च साझेदारी हो । यसअघि नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो । जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध गरेका थिए ।

आसिफ नोश्टुश केंजीगेको बलमा निसर्ग पटेलबाट क्याच आउट भएका थिए । २१ औं ओभरको पहिलो बलमा स्पिनर निसर्ग पटेलले कप्तान ज्ञानेन्द्र मल्ललाई १७ रनमा एलबीडब्लू आउट गरे । ज्ञानेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल तेस्रो खेलमा पनि एक रनमा आउट भए । यसअघि पिएनजीसँगको दुबै खेलमा कुशल एक एक रनमा आउट भएका थिए । कुशल मल्ललाई ३४ औं ओभरको तेस्रो बलमा कुशललाई सौरभ नेत्रवालकारले विकेटकिपर मोनांक पटेलबाट क्याच आउट गराएका थिए ।

अमेरिका कप्तान सौरभ नेत्रवालकरले १० ओभरमा २ मेडन सहित ३० रन खर्चेर १ विकेट लिए । स्पिनर निसगै पटेलले १० ओभरमा १ मेडन सहित ३३ रन खर्चेर २ विकेट लिए । नास्टुश केजोंगीले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । पटेल अमेरिकाबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले १ सय १३ बलमा ओडिआई करिअरको पहिलो शतक पूरा गरेका थिए । विक्रम सोबको ४७ औं ओभरको पहिलो बलमा दुई रन बटुल्दै शतक पूरा गरेका थिए ।

शतक प्रहार गरेको अर्को बलमा ठूलो सट खेल्नेक्रममा कुशल भुर्तेलबाट लङअफमा क्याच आउट हुन पुगेका थिए । यसै साता पिएनजीविरुद्ध १ सय ७३ रनको इनिङ खेल्दै जसकरण मल्होत्रा अमेरिकाबाट ओडिआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।

मोनांक पटेल बाहेक अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अमेरिकालाई ओपनर स्टिभ टेलर र मोडानीले पहिलो विकेटका लागि ३।५ ओभरमा १७ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर विक्रम सोबको बलमा टेलर एज लागेर सकेन्ड स्लिपमा कुशल भुर्तेलबाट १४ रनमा क्याच आउट हुन पुगेका थिए । टेलरले १७ बलमा १ चौका प्रहार गरे ।

१० औं ओभरको अन्तिम बलमा मोडानीलाई स्पिनर सन्दीप लामिछानेले १६ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । मोडानीले २८ बलमा १ चौका प्रहार गरे । तेस्रो विकेटको लागि मोनांक पटेल र निसर्ग पटेलले ४९ रनको साझेदारी गर्दैै इनिङ खेलेका थिए । स्पिनर कुशल मल्लले निसर्गलाई २१ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । अमेरिकाले नेपाललाई सरप्राइज दिँदै तल्लोक्रमका ब्याट्सम्यान नास्टुश केंजोगेलाई पाँचौ नम्बरमा पठाएको थियो । उनी १३ रनमा आउट भए ।

३७ औं ओभरको दोस्रो बलमा स्पिनर सुशान भारीले जसकरण मल्होत्रालाई ११ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । मल्होत्राले यसै साता पपुवा न्युगिनीविरुद्ध ६ बलमा ६ छक्का सहित १ सय ७३ रनको अविजित उत्कृष्ट शतकीय इनिङका साथ विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए ।

भारीकै बलमा ठूलो सर्ट खेल्ने धुनमा सन्जय कृष्णमुर्ती १३ रनमा करण केसीबाट क्याच आउट भएका थिए । करिमा गोरलाई सन्दीपले १६ रनमा रन आउट गराए । अभिषेक पराडकार १३ र कप्तान सौरभ नेत्रवालकार ६ रनमा अविजित रहे ।

नेपालका स्पिनर सुशान भारीले १० ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडन सहित ३५ रन खर्चेर २ विकेट लिए । विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।

Advertisement

नेपालले दोस्रो खेलमा आज घरेलु टोली ओमानसँग  खेल्नेछ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top