×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भूकम्पको ६ वर्षमा पनि ठडिएन गोरखा दरबार

२९ भाद्र २०७८

२९ भदौ, गोरखा ।

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै ढलेको ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माणको काम अझै सकिएको छैन । पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको बहानाबाजी र ढिलासुस्तीका कारण साढे ६ वर्षसम्म पनि दरबारको पुनर्निर्माण सम्पन्न हुन नसकेको हो ।

Advertisement
Advertisement

पुरातात्विक विभागले ०७४ कात्तिकमा दुई वर्षभित्रै दरबारको पुनर्निर्माण सिध्याउने भन्दै कुल चार करोड ३५ लाख रुपैयाँमा पचली सिवाको जेभी कन्सट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौताअनुसार ०७६ मंसिर मसान्तसम्ममा गोरखा दरबारको पुनर्निर्माण सम्पन्न भईसक्नुपर्ने थियो । तर, विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरिरह्यो ।

विभागले तीनपटकसम्म म्याद थप गरेको थियो । तर, पटक पटक म्याद थप भए पनि काममा तदारुकता नदेखाएपछि विभागले बाध्य भएर सार्वजनिक खरिद नियम अनुसार ठेक्का रद्द गरेको थियो ।

तोकिएको समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई तीनपटकसम्म म्याद थप गर्दा पनि करिब ८५ प्रतिशत मात्रै पुनर्निर्माण सम्पन्न भएको थियो । पहिलोपटक ठेक्का पाएको पचली सिवाको जेभी कन्सट्रक्सन कम्पनीले दरबारको छानो छाउने, बार्दलीहरू राख्नेसम्म मात्रै काम सम्पन्न गरेको थियो ।

दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालका अनुसार दरबारको पेटी निर्माण, रंगमहलमा पेटी, इँटा बिछ्याउन, गाह्रोमा प्लास्टर गर्ने, झ्याल–ढोकामा खापा राख्नेलगायतका भित्री काम बाँकी छ । बाँकी काम सम्पन्न गर्न पुरातत्व विभागबाट प्राविधिकसहितको एउटा टोली आएर स्थलगत अध्ययन गरेर लागत स्टिमेट तयार गरी टेन्डर खोलेको थियो ।

तर, बाँकी कामको जिम्मा पनि यसअघि समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीले पाएको छ । विभागका लेखा अधिकृत राजन रेग्मीका अनुसार बाँकी काम ७३ लाख ३८ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएकोमा २१ दशमलव ३३ प्रतिशत घटेर ५६ लाख १६ हजार रुपैयाँमा सिवाको–यरिसा–रोयल जेभीले कामको जिम्मा लिएको छ ।

Advertisement

शिवाले यसअघि र अहिले पनि साझेदार ठेकेदार कम्पनी बन्ने मौका पाएको छ । विगतमा समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीले अहिले पनि बाँकी निर्माणको काम पाउँदा समयमै काम पूरा हुनेमा आशंका उत्पन्न भएको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top