बढ्यो सुनको मूल्य, तोलाको कति ?

३० भदौ, काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बुधबार प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।