संविधान दिवस : लोसपाले कालो दिनको रुपमा मनाउने, जसपा अलमलमा

३१ भदौ, भदौ, जनकपुरधाम ।

लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो । तर, मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेशवादी दलहरूले कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

संविधान जारी गर्दा तत्कालीन मधेशवादी दलहरू सहभागी भएनन् । उनीहरूको सहभागिता बिना नै संविधान अत्याधिक बहुमतले जारी गरिएको थियो । तर, यसलाई अस्वीकार गर्दै मधेशवादी दलहरूले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

यसवर्ष पनि जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस(३ असोज)लाई कालो दिनको रुपमा मनाउन पार्टी मातहतमा सर्कुलर जारी गरेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधवार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउटलगायत विरोधका कार्यक्रम गर्न आग्रह निर्देशन दिएका छन् ।

सर्कुलरअनुसार नै विरोध कार्यक्रम हुने लोसपाका कार्यकारिणी समिति सदस्य वृशेषचन्द्र लालले न्युज कारखानालाई बताए । सरकारमा रहँदासमेत संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा नै मनाएको बताउँदै आफुहरूले संविधान संशोधनलगायका मुद्दाहरू सम्बोधन नभएसम्म कालो दिनको रुपमा नै मनाउने उनले बताए ।

‘संविधानलाई सर्वस्वीकार्य बनाउने दायित्व सरकारको हो । हामीहरूले उठाएको मांगलाई सम्बोधन गरेर संविधान दिवसको उत्सावमा हामीहरूलाई सहभागी हुने वातावरण अहिलेसम्म बनाइएको छैन । यसर्थ हामी कालो दिनको रुपमा मनाउन बाध्य छौँ’, उनले भने ।

संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएको जनता समाजवादी पार्टी नेपाल भने यसवर्ष अलमलमा देखिएको छ । प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको जसपा संघीय सत्तारुढ गठबन्धनमा आवद्ध छ । संघीय सरकारमा सहभागिताको तयारीमा रहेको जसपा यसवर्ष अलमलमा परेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आफूहरूको संविधानप्रतिको असन्तुष्टि कायमै रहेको कारण संविधान संशोधनको लागि संर्घष जारी रहेको बताए । असन्तुष्टिकै कारणले आफूहरू संविधान जारी भएको दिनको उत्सावमा सहभागिता जनाउने नसक्ने उनको भनाइ छ । दुई तिहाइ बहुमतको अभावको कारण संविधान संशोधन हुन नसकेको मुख्यमन्त्री राउतले बताए ।

यसअघि पनि जसपाले विरोध कार्यक्रम गर्दा कुनैपनि मन्त्रीहरू सहभागि भएका थिएनन् । यसवर्ष पनि मौन बस्ने प्रदेशका कृषि तथा सहकारी मन्त्री विजय यादवले बताए । ‘विगतमा जसरी संविधान दिवसको दिन मौन बस्ने गरेका थियौँ, यसवर्ष पनि मौन नै बस्छौँ’, मन्त्री यादवले भने ।

तर, पार्टीको शीर्षनेताहरूबाट केही निर्णय भने भइसकेको छैन । लोसपाले सर्कुलर जारी गरेर कालो दिनको रुपमा मनाउन निर्देशन दिए पनि जसपा भने अलमलमा देखिन्छ ।

व्यक्तिगत रुपमा नेताहरू कालो दिवसको रुपमा मनाउने वा मौन बस्ने तयारीमा रहे पनि पार्टीगत रुपमा सजपाबाट कुनै निर्णय भएको छैन । ‘कार्यकर्ताहरूले संविधान दिवसको दिन के गर्छन्, त्यो आफूलाई थाहा छैन’, मन्त्री यादवले भने ।

यसअघि यादव समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष थिए । दुई वर्षअघि उपेन्द्र यादव संघीय सरकारमा मन्त्री हुँदा कालो दिनको रुपमा मनाउने विज्ञप्ति सार्वजनिक गरिएको थियो । गतवर्ष पनि जसपाले कालो दिनको रुपमा मनाएका थियो । तर, प्रदेश २ का मन्त्री विरोध कार्यक्रममा सहभागी भएनन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top