पाँच सय चक्की नाइट्रोसनसहित दुई पक्राउ

३१ असार ७५, सोमबार

विराटनगर असार ३२

प्रहरीले शनिबार पाँच सय पिस नाइट्रोसन ट्याब्लेटसहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी धरान–१५ बस्ने वर्ष ३६ को धनकुमार राई र सोही ठाउँका २२ वर्षीय बिसन श्रेष्ठ रहेका छन। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले शनिबार बिहान उनीहरुलाई विराटनगर–१५ स्थित जोगबनी नाकाबाट पक्राउ गरेको हो।

Advertisement

भारतीय जोगबनीबाट को १४ प ५६५८ नम्बरको मोटरसइकल चढेर नेपालतर्फ आउँदै गर्दा उनीहरुलाई प्रहरीले चेकजाँच गर्नेक्रममा श्रेष्ठको शरीरमा सेतो टेपले टाँसेर ल्याउँदै गरेको अवस्थामा सो लागुऔषध बरामद भएको थियो।

दुबैलाई लागुऔषध ऐन अन्तरगत मुद्दा दर्ता गरी कारवाही थालिएको उक्त प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top