सुरू भयो अन्तरिक्ष पर्यटन, ४ पर्यटक अन्तरीक्षतर्फ

३१ भदाै, एजेन्सी ।

अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको छ । प्रविधि व्यवसायी एलन मस्कको कम्पनी स्पेस एक्सले ४ जनालाई अन्तरिक्ष पर्यटको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको हो ।

स्पेस एक्सले इन्सपिरेसन-४ मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट चारजनलाई अन्तरिक्ष यात्राका लागि बुधबार पठाएको हो ।

स्पेस एक्सको रकेटमार्फत स्थानीय समय अनुसार बुधबार राति ८ बजे उनीहरुलाई अन्तरिक्षमा पठाइएको हो । यो मिसनमा ३८ वर्षिय अर्बपति जेरेड इज्याकम्यानले लगानी गरेका छन् । यो मिसनको मूल्य करिब २०० मिलियन डलर खर्च हुने बताइएको छ । स्पेस एक्सको क्रियू ड्रागन क्याप्सुलको एक सिटको मूल्य ५५ मिलियन डलर लाग्छ ।

यो मिसन पर्यटनका हिसाबले अन्तरिक्षमा उडान गरिएको जनाइएकाे छ। मिसनमा २९ वर्षीया हेले अर्सेनियूस, ५१ वर्षीया सियान प्रोक्टर र ४२ वर्षीय क्रिस सेमब्रोस्की छन् । अन्तरिक्ष पर्यटनयात्रीले अन्तरिक्षमा ३ दिन बिताउनेछन् । स्पेस एक्सको ड्रागन क्याप्सुलमा रहेका उनीहरु पृथ्वीदेखि ५६३ किलोमिटरको उचाइमा छन् । यो उचाइ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र एक सय किलोमिटर माथि हो ।

यो तीन दिनको यात्राका क्रममा उनीहरुले हरेक ९० मिनेटमा पृथ्वीको एक फन्को लगाउने जनाइएकाे छ । शनिबार उनीहरु पृथ्वीमा फर्कनेछन् ।उनीहरु फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण हुने सीएनएनले जनाएको छ ।

यो यात्रा अन्तरिक्ष पर्यटनका लागि विश्वका लागि नयाँ अभ्यास भएको बताइएको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top