प्रचण्ड-माधवको दक्षिणपन्थी विसर्जन भयो, एमाले फेरि जनादेशका साथ आउँनेछ : बादल

प्रचण्ड-माधवको दक्षिणपन्थी विसर्जन भयो, एमाले फेरि जनादेशका साथ आउँनेछ : बादल

३१ भदाै, काठमाडौं ।

नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले पार्टीभित्रका दक्षिणपन्थी र अदालतको परमादेशका कारण एमाले सत्ताबाहिर जानु परे पनि वर्ग संघर्षको माध्यमबाट फेरि राज्यसत्तामा आइपुग्ने दावी गरेका छन् ।

एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले यस्ताे बताएका हुन् । उनले  प्रचण्ड-माधवलाई दक्षिणपन्थीको संज्ञा दिदै उनीहरूले पुँजिवादीहरूको सहकार्यमा कम्युनिष्ट पार्टीको नेतृत्वलाई सरकारबाट अपदस्त गरेको बताए ।

बादलले भने, ‘आज राजनीतिक रूपमा हामी सत्ताबाहिर पुगेका छौं तर पार्टीभित्रका दक्षिणपन्थी विसर्जनवादीहरू पार्टीबाट अलग भएका छन् । हामी वर्ग संघर्षको माध्यमबाट एमालेको नेतृत्वमा पुनः सत्तामा आउनेछौं ।’

बादलले एमालेले आगामी चुनावमा सबै तहका सरकारको नेतृत्व लिइने भन्दै विचलित नहुन कार्यकर्तालाई आह्वान गरे ।थापा बादलले मदन, आश्रितको हत्या २०५० सालमा किन भयो? भन्ने प्रश्न गरेका छन्। ‘एउटा दुर्घटनाको रुपमा मदन, आश्रितको हत्या गरियो। त्यसको पछाडि राजनीतिक कारणहरु छन्’, उनले भने।

बादलले इतिहासलाई खोतलेर हेर्दाखेरी मदन भण्डारीले जुन राजनीतिक कार्यक्रम र विचार अगाडि सारेका थिए, त्यो राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा भएको बताए। ‘त्यो विचार साम्राज्यवाद र विस्तारवादको विरुद्धमा थियो’, उनले भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.