×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

लमजुङका छहराले पर्यटक तान्दै

३१ भाद्र २०७८

३१ भदाै, लमजुङ।

डुम्रे–बेँसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा । बेँसीशहर नगरपालिका– १ दलालमा अवस्थित सो छहरको फेंदीको सुन्दर पोखरी । असी मिटर उचाइबाट झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणी । यही इन्द्रेणीको अनुपम दृश्यावलोकन गर्न पर्यटकको गन्तव्य बनेको छ ।

Advertisement
Advertisement

छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । कपडा खोलेर चिसोपानीमा डुबुल्की नमारी त कहाँ धित मर्छ र ? उनीहरू छहराका फेदमा बनाइएको पोखरीमा घण्टौं रमाउँछन् पनि । साथीहरुबीच एकापसमा पानी छ्यापाछ्याप गर्नु र पौडिएर माछा जस्तै पोखरीमा ओहोरदोहोर गर्नुको मज्जा कति–कति ! यसवर्ष कोरोना महामारीका कारण बाह्य पर्यटक ठप्प छन्, विगतमा भने यहाँ पदमार्गमा आउने विदेशी पर्यटक दिल खोलेर रमाउने गर्दथे । सडकमा गुड्ने सवारीसाधन छहरा छेवैमा आइपुगेपछि एकछिन रोकिने र यात्रुहरु त्यहाँको प्राकृतिक सुन्दरता नियाल्ने प्रयास गर्दछन् ।

यस झरनामा दैनिक २५० को हाराहारीमा आन्तरिक तथा विदेशी पर्यटक आउने गरेका छन् । शनिबार र बिदाका समयमा भने दोब्बर नै आउँछन् । यस झरनामा जिल्लासहित छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । झरनाको शीतलतासँगै फेल्फी खिच्दा मन चङ्गा जस्तै हुने पर्यटक सिर्जना श्रेष्ठले भने । खुदी भुलभुलेका रामबहादुर थापाले भने “घरमा बसेर दिन बिताउन कठिन हुन्छ । यहाँ आएर झरनासँग रमाउदा दिन बितेको पत्तोनै हुँदैन, झरनामा भिज्दा आनन्दको आभास हुन्छ । ”

राइनास नगरपालिका– ८ की गोमा जिनी नेपालीले भनिन्, “झरनामा रमाउन मन लाग्छ अनि साथीहरुलाई पनि सँगै ल्याएर रमाउने गरेको छु ।” साथीहरु यस झरनामा आउँदा रमाइलोे महसुस गर्ने गरेको उनले बताइन् । यस झरनामा बर्सेनि आउने गरेको र अन्य साथीलाई पनि झरनाको स्वाद लिनलाई आग्रह गर्ने गरेको उनको भनाइ छ । सो झरनाले नयाँनयाँ व्याक्तित्वबीच परिचित गर्ने मौकासमेत सिर्जना गरिदिएको छ ।

आन्तरिक पर्यटक मात्र नभइ विदेशी पर्यटकसमेत आउने र यसवर्ष कोरोनाको त्रासले विदेशी पर्यटक भने नआएको स्थानीयवासी कृष्णराज ओलियाले जानकारी दिए । साहसी खेल क्यानोनिङको राम्रो सम्भावना छ । बेँसीशहर नगरपालिकाले पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि अन्य सङ्घ संस्थासँग मिलेर काम जारी राखेको छ । नगर प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले झरनालाई पर्यटकको आकर्षणको केन्द्र बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरी सकेको छ । नगरपालिकाको रु. ६ करोड ६८ लाख लागतमा सो झरनालाई व्यवस्थित बनाउनका निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको नगर प्रमुख अर्याललको भनाइ छ ।

मर्स्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तरता झार्ने, झरना तल पोखरी निर्माण गर्ने र पार्किङस्थल बनाउने भएको छ । त्यस्तै सो झरनामा क्यानोनिङ तथा जलयात्रा समेत सञ्चालन गर्ने उनको भनाइ छ । चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यस बाटो हुँदै जाने विदेशी पर्यटक आकर्षित हुने अपेक्षा नगरपालिकाको छ ।

सो झरना बर्सेनि असारदेखि असोज महिनामा झर्ने गर्दछ । झरनामा आउने पर्यटकलाईमध्ये नजर गर्दै नजिकै रेष्टुराँ सञ्चालन गर्न थालेका छन् । झरना थप व्यवस्थित भएमा पर्यटकको आकर्षण झरना हुनसके पर्यटक आएमा व्यापार व्यवसाय हुनेहुँदा स्थानीयवासीलाई आयआर्जनको पाटो हुने स्थानीयवासी कृति बानियाँको भनाइ छ । उनले भनिन् “प्रकृतिले दिएको उपहारको सदुपयोग हामीले गर्न सक्नुपर्छ । ”

त्यस्तै, चक्रीय अन्नपूर्ण पदमार्गको छेउमैपर्ने मर्स्याङ्दी गाउँपालिकाको हामफाले (भूलभूले) झरनाले समेत आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ । यस झरनामा जिल्लाका बेँसीशहर, खुदी, चनौटेलगायत दर्जनौं स्थानबाट मात्र नभइ बाह्य जिल्लाबाट झरनाको मनोरम दृश्य हेर्न आउने गरेका छन् । करिब ७० मिटरमाथिबाट पानी झरेको झरना नजिकै आन्तरिक तथा बाह्य पर्यटकका लागि तीन स्वीमिङ पुल बनाउन थालिएको छ ।

दुई वर्षअघि गाउँपालिकाले पर्यटकलाई दृष्टिगत गर्दै करिब रु. १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे फललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । यस झरनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा थप पर्यटकको लागि उपयुक्त पर्यटकीय गन्तव्यमध्ये एक बनाउने तयारीमा गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

Advertisement

उनले भने,“झरनालाई पर्यटकीय गन्तव्य बनाउका लागि आवश्यक रकम खर्च गर्नेछौं ।” त्यस्तै गाउँपालिका–४ मिप्रामा रहेको स्याग्रे झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यस झरनामा सयौं युवायुवती पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । सोही वडामा रहेको अक्टोपस झरनाले पर्यटकको मन तान्ने गरेको छ । बेँसीशहर चामे सडकबीच सडकमै झर्ने झरनाको पानीले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउने गरेको छ । यी झरनामा मात्र नभइ जिल्लाका यस्ता दर्जनाैं झरनाले पर्यटकको मन लोभ्याउने गरेको पाइन्छ । कोरोना सङ्क्रमणबीच पनि आन्तरिक पर्यटकले जिल्लाको विभिन्न झरनामा पुगेर रमाउने गरेका छन् ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top