NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो  बिहिबार असार १९ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक बिहिबार असार १९ , २०८२
कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण? बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

लमजुङका छहराले पर्यटक तान्दै

बिहिबार भदौ ३१ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
लमजुङका छहराले पर्यटक तान्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ भदाै, लमजुङ।

डुम्रे–बेँसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा । बेँसीशहर नगरपालिका– १ दलालमा अवस्थित सो छहरको फेंदीको सुन्दर पोखरी । असी मिटर उचाइबाट झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणी । यही इन्द्रेणीको अनुपम दृश्यावलोकन गर्न पर्यटकको गन्तव्य बनेको छ ।

छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । कपडा खोलेर चिसोपानीमा डुबुल्की नमारी त कहाँ धित मर्छ र ? उनीहरू छहराका फेदमा बनाइएको पोखरीमा घण्टौं रमाउँछन् पनि । साथीहरुबीच एकापसमा पानी छ्यापाछ्याप गर्नु र पौडिएर माछा जस्तै पोखरीमा ओहोरदोहोर गर्नुको मज्जा कति–कति ! यसवर्ष कोरोना महामारीका कारण बाह्य पर्यटक ठप्प छन्, विगतमा भने यहाँ पदमार्गमा आउने विदेशी पर्यटक दिल खोलेर रमाउने गर्दथे । सडकमा गुड्ने सवारीसाधन छहरा छेवैमा आइपुगेपछि एकछिन रोकिने र यात्रुहरु त्यहाँको प्राकृतिक सुन्दरता नियाल्ने प्रयास गर्दछन् ।

Advertisement

यस झरनामा दैनिक २५० को हाराहारीमा आन्तरिक तथा विदेशी पर्यटक आउने गरेका छन् । शनिबार र बिदाका समयमा भने दोब्बर नै आउँछन् । यस झरनामा जिल्लासहित छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । झरनाको शीतलतासँगै फेल्फी खिच्दा मन चङ्गा जस्तै हुने पर्यटक सिर्जना श्रेष्ठले भने । खुदी भुलभुलेका रामबहादुर थापाले भने “घरमा बसेर दिन बिताउन कठिन हुन्छ । यहाँ आएर झरनासँग रमाउदा दिन बितेको पत्तोनै हुँदैन, झरनामा भिज्दा आनन्दको आभास हुन्छ । ”

राइनास नगरपालिका– ८ की गोमा जिनी नेपालीले भनिन्, “झरनामा रमाउन मन लाग्छ अनि साथीहरुलाई पनि सँगै ल्याएर रमाउने गरेको छु ।” साथीहरु यस झरनामा आउँदा रमाइलोे महसुस गर्ने गरेको उनले बताइन् । यस झरनामा बर्सेनि आउने गरेको र अन्य साथीलाई पनि झरनाको स्वाद लिनलाई आग्रह गर्ने गरेको उनको भनाइ छ । सो झरनाले नयाँनयाँ व्याक्तित्वबीच परिचित गर्ने मौकासमेत सिर्जना गरिदिएको छ ।

आन्तरिक पर्यटक मात्र नभइ विदेशी पर्यटकसमेत आउने र यसवर्ष कोरोनाको त्रासले विदेशी पर्यटक भने नआएको स्थानीयवासी कृष्णराज ओलियाले जानकारी दिए । साहसी खेल क्यानोनिङको राम्रो सम्भावना छ । बेँसीशहर नगरपालिकाले पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि अन्य सङ्घ संस्थासँग मिलेर काम जारी राखेको छ । नगर प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले झरनालाई पर्यटकको आकर्षणको केन्द्र बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरी सकेको छ । नगरपालिकाको रु. ६ करोड ६८ लाख लागतमा सो झरनालाई व्यवस्थित बनाउनका निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको नगर प्रमुख अर्याललको भनाइ छ ।

मर्स्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तरता झार्ने, झरना तल पोखरी निर्माण गर्ने र पार्किङस्थल बनाउने भएको छ । त्यस्तै सो झरनामा क्यानोनिङ तथा जलयात्रा समेत सञ्चालन गर्ने उनको भनाइ छ । चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यस बाटो हुँदै जाने विदेशी पर्यटक आकर्षित हुने अपेक्षा नगरपालिकाको छ ।

सो झरना बर्सेनि असारदेखि असोज महिनामा झर्ने गर्दछ । झरनामा आउने पर्यटकलाईमध्ये नजर गर्दै नजिकै रेष्टुराँ सञ्चालन गर्न थालेका छन् । झरना थप व्यवस्थित भएमा पर्यटकको आकर्षण झरना हुनसके पर्यटक आएमा व्यापार व्यवसाय हुनेहुँदा स्थानीयवासीलाई आयआर्जनको पाटो हुने स्थानीयवासी कृति बानियाँको भनाइ छ । उनले भनिन् “प्रकृतिले दिएको उपहारको सदुपयोग हामीले गर्न सक्नुपर्छ । ”

त्यस्तै, चक्रीय अन्नपूर्ण पदमार्गको छेउमैपर्ने मर्स्याङ्दी गाउँपालिकाको हामफाले (भूलभूले) झरनाले समेत आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ । यस झरनामा जिल्लाका बेँसीशहर, खुदी, चनौटेलगायत दर्जनौं स्थानबाट मात्र नभइ बाह्य जिल्लाबाट झरनाको मनोरम दृश्य हेर्न आउने गरेका छन् । करिब ७० मिटरमाथिबाट पानी झरेको झरना नजिकै आन्तरिक तथा बाह्य पर्यटकका लागि तीन स्वीमिङ पुल बनाउन थालिएको छ ।

दुई वर्षअघि गाउँपालिकाले पर्यटकलाई दृष्टिगत गर्दै करिब रु. १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे फललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । यस झरनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा थप पर्यटकको लागि उपयुक्त पर्यटकीय गन्तव्यमध्ये एक बनाउने तयारीमा गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

उनले भने,“झरनालाई पर्यटकीय गन्तव्य बनाउका लागि आवश्यक रकम खर्च गर्नेछौं ।” त्यस्तै गाउँपालिका–४ मिप्रामा रहेको स्याग्रे झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यस झरनामा सयौं युवायुवती पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । सोही वडामा रहेको अक्टोपस झरनाले पर्यटकको मन तान्ने गरेको छ । बेँसीशहर चामे सडकबीच सडकमै झर्ने झरनाको पानीले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउने गरेको छ । यी झरनामा मात्र नभइ जिल्लाका यस्ता दर्जनाैं झरनाले पर्यटकको मन लोभ्याउने गरेको पाइन्छ । कोरोना सङ्क्रमणबीच पनि आन्तरिक पर्यटकले जिल्लाको विभिन्न झरनामा पुगेर रमाउने गरेका छन् ।रासस

लोकप्रीय

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

बिहिबार असार १९ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै
ताजा समाचार

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 
अन्तर्राष्ट्रिय

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक
खेलकुद

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

बिहिबार असार १९ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.