उपत्यकाका विद्यालय अन्योलमा

३१ भदौ ७८, शुक्रबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ ।

ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका अधिकांश ठूला विद्यालयका सञ्चालकहरू भने विद्यालय खोल्ने पक्षमा छैनन् ।

अभिभावक महासंघले दशैंअघि विद्यालय नखोल्न दबाब दिएपछि निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले असोज १ गतेबाट विद्यालय खोल्ने विषयमा ठोस निर्णय गर्न सकेका छैन । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विद्यालय खोल्ने विषय अन्योलमा परेको हो ।

धेरै दिन विद्यालय बन्द गर्दा धेरै विद्यालय बन्द हुने अवस्थामा पुग्ने धारणा राख्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने– ‘लामो समयसम्म विद्यालय बन्द गर्दा विद्यार्थीलाई पनि समस्या पर्ने देखिएको छ ।’ उनले स्थानीय तहको समन्वयमा अधिकांश जिल्लाका विद्यालय खुल्ने थालेको बताउँदै अब उपत्यकाका विद्यालय खोल्न ढिला गर्न नहुनेमा जोड दिए ।

ललितपुर महानगर शिक्षा समितिले विद्यालय खोल्ने अधिकार विद्यालय प्रशासनलाई सुम्पिएपछि अधिकांश विद्यालयले अभिभावकको रायअनुसार आइतबारबाट विद्यालय खोल्दै छन् ।

काठमाडौं महानगरपालिका शिक्षा विभागको हिजो बिहीबार सम्पन्न बैठकले आज शुक्रबार महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने विषयमा मापदण्ड तयार गर्ने निर्णय गर्न सात सदस्यीय समिति गठन गरेको छ ।, याे समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top