बन्दीपुरमा विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक सुरु हुँदै

१ असाेज, दमौली।

Advertisement

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक हुन लागेको हो।

बैठकमा सहभागी हुन पार्टी महासचिव विप्लव बिहीबार बन्दीपुर पुगेका थिए। बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिए।

Advertisement

बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले मेस चलाउने उनले बताए। बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top