×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

दक्षिण एशियाली आमन्त्रण तेक्वान्दोः नेपाल च्याम्पियन

३२ असार २०७५

काठमाडौँ, असार ३२

नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।

Advertisement
Advertisement

नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतल ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा तुर्किमिनिस्तानले सात स्वर्ण, दुई रजत र एक कास्य जिते । नेपालले जुनियर र सिनियर दुवै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण, ४३ रजत र ६१ कास्य प्राप्त गर्दा दोस्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण, १२ रजत र १२ कास्य पदक ल्याएको छ ।

सिनियरतर्फ नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण, १२ रजत र १९ कास्य पदक जित्दा दोस्रो स्थानमा रहेको भारतले भने नौ स्वर्ण, १७ रजत र २७ कास्य हात पारेको छ । प्रतियोगितामा तीन स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ वर्षसम्मको ब्ल्याकबेल्टको स्पाइरिङमा स्वर्ण जितिन् । सिनियर पुरुषतर्फ तुर्किमिनिस्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भए ।

नेपाल आइटिएफ तेक्वान्दोको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा महिला १० वर्षमुनिको उमेर समूहको २० केजीमुनिको स्पाइरिङमा नेपालकी सन्ध्या लामाले स्वर्ण जितिन् । त्यस्तै १४ देखि १५ वर्षको कलर ब्लडको स्पाइरिङ नेपालले पाँच स्वर्ण जित्न सफल भयो । सोअनुसार ३५ केजीमुनि नेपालकी निशा पुलामी मगर, ४५ केजीमुनि अभिना राई, ५५ केजीमुनि अनिष कार्की, ६० केजीमुनि कोपीला स्याङ्ताङ र ६५ केजीमुनि डोल्मा गुरुङले स्वर्ण जिते ।

सोही प्रतियोगितामा १५ देखि १७ वर्षको रंगीन पेटीका महिला स्पाइरिङमा नेपालले तीन स्वर्ण जितेको छ । नेपालका लागि ४५ केजीमुनि रश्मि थापा मगर, ५२ केजीमुनि सचिता सुनुवार र ५८ केजीमुनि चुम्ला शेर्पाले स्वर्ण जिते । महिला १८ देखि ३९ वर्षको सिनियर रंगीन पेटीको ५२ केजीमुनि नेपालकी निश्चल राईले स्वर्ण जितिन् । महिला १५ देखि १८ वर्षको कालो पेटीमा नेपालले तीन स्वर्ण जित्न सफल भयो । सविना लामाले ५५ केजीमुनि, करिश्मा घर्ती मगरले ६४ केजीमुनि र कन्याम लिम्बूले ७० केजीमाथि स्वर्ण पदक हात पारे ।

महिला १८ देखि ३९ वर्षको कालो पेटीमा नेपाल चार स्वर्ण जित्न सफल भएको छ । नेपालका लागि ४७ केजीमुनि रुबिका, ५२ केजीमुनि रञ्जु पुलामी मगर, ५७ केजीमुनि रिना धिमाल र ७७ केजीमुनि सिर्जना राईले स्वर्ण पदक हात पार्न सफल भए । रंगीन पेटीमा सचिता सुनुवार, दोस्रो डान कालो पेटीमा निश्मा बस्याल, तेस्रो डान कालो पेटीमा सोनी खड्का र चौथो डान कालो पेटीमा तुलसा राजथलाले आआफ्नो खेलमा स्वर्ण जिते ।

महिला टिम प्याटन र टिम स्पाइरिङमा पनि नेपालले दुई स्वर्ण जित्यो । प्याटनमा रुबिका, रिना, निश्मा, तुलसा राजथला र हिमा खड्काको समूहले स्वर्ण जित्दा टिम स्पाइरिङमा सोनी खड्का, रुबिका, सञ्चिता लामा, शान्ति खत्री, रिना र सिर्जना राईको समूहले स्वर्ण जितेका थियो ।

पुरुष १० वर्षमुनि नेपालले दुई स्वर्ण जित्न सफल भयो । बाइस केजीमुनि अभिषेक राई र ३२ केजीमुनि लक्की राईले स्वर्ण जितेका छन् । पुरुष १० देखि १३ वर्षमुनिको रंगीन पेटीमा नेपालले छ स्वर्ण जित्न सफल भएको छ । तीस केजीमुनि किस्मत पुन, ३५ केजीमुनि शिशिर राई, ४० केजीमुनि शिवम घर्ती मगर, ४५ केजीमुनि, विनोद रखाल, ५० केजीमुनि विजय सारु र ५५ केजीमुनि निलेश थापा मगरले आआफ्नो खेलमा स्वर्ण जितेका छन् ।

पुरुष १४ देखि १५ वर्षको रंगीन पेटीमा नेपालले दुई स्वर्ण जित्यो । सुनिल गोलेले ५० केजीमुनि र अभिषेक राईले ६० केजीमुनि स्वर्ण जितेका छन् । पुरुष १६ देखि १७ वर्षमुनि रंगीन पेटीमा नेपालले तीन स्वर्ण जित्न सफल भयो । निश्चल कुर्मालीले ४५ केजीमुनि, सुजन शाही ठकुरी ५१ केजीमुनि, पूर्ण लोप्चनले ५७ केजीमुनि र सुमित खुलाल मगर ७५ केजीमाथिको खेलमा स्वर्ण जिते ।

पुरुष १८ देखि ३९ वर्षमुनिको रंगीन पेटीमा नेपालले तीन स्वर्ण जितेको थियो । किरण कुँवरले ५८ केजी, चूडामणि कुँवरले ६४ केजी र देवीकुमार थारुले ७१ केजीमुनि स्वर्ण जिते । पुरुष १५–१८ वर्षमुनि प्रथमदेखि चौथो डानको स्पाइरिङमा नेपालले सात स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४५ केजीमुनि श्याम राई, ५१ केजीमुनि विशाल बुढा मगर, ५७ केजीमुनि अनिल तामाङ, ६० केजीमुनि कृष्ण बस्नेत, ६३ केजीमुनि प्रताभ कार्की, ६९ केजीमुनि अञ्जिल कुँवर र ७५ केजीमाथि साजन बच्चमैयाले स्वर्ण दिलाए ।

पुरुष १८–३९ वर्षमुनि प्रथमदेखि चौथो डानको स्पाइरिङमा नेपाल दुई स्वर्ण जित्न सफल भयो । नेपालका लागि ५२ केजीमुनि सागरशम्शेर कुँवर र ७८ केजीमुनि चाउची डंगोलले स्वर्ण जिते । गत शुक्रबारदेखि आइतबारसम्म भएको उक्त प्रतियोगितामा पुरुष पाँचौँ डान भेट्रान प्याट्रनमा नेपालका लागि खेम क्षेत्रीले स्वर्ण जिते । त्यस्तै टिम स्पाइरिङमा नेपालले स्वर्ण जित्यो । चाउची, लीलाधर बस्नेत, दिनेश बुढा मगर र वीर कुँवरको टोलीले भारतलाई ३–२ को स्कोरमा पराजित गरेको थियो ।
रासस

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top