एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य

२ असाेज, जलेश्वर।

Advertisement

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफूले विश्वासको मत प्राप्त गर्ने बताएकी छन्।

महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन्।

Advertisement

बागमती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन्। एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमतसिद्ध गर्ने उनको भनाइ थियो।

नेता नेपालको नेकपा (एमाले)लाई मजबुत बनाउनमा महत्त्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन्। उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दैआएको बताइन्। एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ-आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिइन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top