‘संविधानले राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको छ’

३ असोज, काठमाडौँ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले संविधानले राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताएका छन् ।

सातौँ संविधान दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले झण्डै साढे सात दशक लामो लोकतान्त्रिक सङ्घर्षपछि नेपाली नागरिकले हासिल गरेको यस उपलब्धिले नेपालको राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताएका हुन् ।

डा महतले भने, “पहिलो पटक संविधानसभाद्वारा निर्मित नेपालको वर्तमान संविधान मुलुकमा जारी सशस्त्र द्वन्द्व र अन्य राजनीतिक मुद्दा  व्यवस्थापनका लागि एक सम्झौताको दस्ताबेज हो, यो संविधान जारी भएसँगै राजनीतिक र संवैधानिक विवादहरुको अन्त्य भएको छ ।”

नागरिकले प्राप्त गरेका स्वतन्त्रताको उपयोग गर्दै संविधान कार्यान्वयनका माध्यमबाट पर्याप्त भौतिक पूर्वाधार निर्माण तथा आर्थिक तथा सामाजिक क्षेत्रको द्रुततर विकास गरी नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउन आवश्यक भएको उनले बताए ।

संविधानसभाद्वारा संविधान निर्माणको विषय विसं २००७ सालको जनक्रान्तिका समयमै जननेता बीपी कोइरालाले उठान गरेको उल्लेख गर्दै सहमहामन्त्री डा महतले नेपाली कांग्रेस नेतृत्वमा नै संविधानसभाको निर्वाचन भइ संविधानसभाद्वारा निर्मित संविधान कांग्रेस नेतृत्वको सरकारले घोषणा गरेको स्मरण गरे ।

उनले संविधानलाई समयानुकूल बनाउँदै लैजान सकिने बताउँदै यस ऐतिहासिक दिवसमा संविधानका हरेक विषयमा सहमति कायम गर्न खट्ने नेतागण, संविधान निर्माणमा प्रत्यक्ष सहभागी संविधानसभा सदस्य र सबै नेपाली नागरिकको योगदानको सराहना पनि गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top