गत आर्थिक वर्षमा चितवनका छब्बीस गैँडा मरे

३२ असार ७५, मंगलबार

चितवन, साउन १

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैँडा मरेका हुन् ।

गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैँडा मरेका थिए । त्यसैगरी बच्चा जन्माउन नसकेर तीन वटा गैँडा मरेको उनले बताए ।

विसं २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैँडा मारेका थिए । त्यसयता तस्करले गैँडा मार्न भने सकेका छैनन् । अन्य कारणले वर्षेनी मर्ने गैँडाको संख्या भने बढ्दो रहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा २५ वटा गैँडा मरेकामा एउटा चैत २५ गते तस्करले मारेको र अन्य अरु कारणले मरेको सूचना अधिकारी अर्यालले बताए ।

आव २०७२÷७३ मा अन्य कारणबाट १५ वटा गैँडा मरेका थिए । तस्करले गैँडा मार्न नसके पनि अन्य कारणले मर्ने गैँडाको संख्या बढ्दै गएपछि मृत्युको कारण न्यून गर्न अनुसन्धान गर्न शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

विभागबाट पर्यावरणविद्सहितको टोलीले गैँडाको मृत्युका यस विषयमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले भने, “तस्करले गैँडा मार्न नसके पनि अरु कारणले गैँडा मर्ने क्रम बढेकाले यसको कारणको खोजी गर्न शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो गणनाअनुसार ६०५ वटा गैँडा छन् ।
रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top