NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

कुटी नै सिध्याए महन्थले

सोमवार अशोज ४ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
कुटी नै सिध्याए महन्थले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

जनकपुरधाम : जनकपुरधामलाई ५२ कुटी, ७२ कुण्डको सहर भनेर चिनिन्छ। २५–३० वर्षअघिसम्म टोलपिच्छे भेटिन्थे पनि मन्दिर र कुटी। तर, अहिले अधिकांश ती धार्मिक धरोहर देख्न पाइँदैन। त्यससँगै हराए भगवान्का मूर्ति। बाँकी छन् त केवल केही भग्नावशेष। बरु ती ठाउँमा ठूला–ठूला भवन ठडिएका छन्।

बागवनी फार्म रहेको ठाउँमा पहिले वीरपुर राधाकृष्ण मन्दिर थियो। तर, अहिले मन्दिरको नामनिसानै छैन। जग्गा भने सरकारले उपभोग गरिरहेको छ। प्रादेशिक अस्पताल भएको ठाउँमा सियाबिहारी कुटी थियो। त्यो पनि अस्तित्वमा छैन। यस्तै, रासबिहारी, युगलबाबा, रेवासी माइजी, रामेश्वर दास, सीताराम दास तत्मा, सीताराम दास मनियार र विमला बिहारी कुटी मासिएका छन्।

रामजानकी पिक्चर प्यालेस रहेको ठाउँमा रघुवीरशरण व्यास कुटी थियो। त्यससँगै कन्हैया, किशोरी शरण, सखी, परमहंसजी, वशिष्ठ शरण, भटवा, लक्ष्मण शरण कुटीको पनि अत्तोपत्तो छैन। त्यस्तै, रामदयाल शरण, भजनिया, सतानन्द आश्रम, लक्ष्मण शरण, सीताराम दास कुटी वेल्ही, रौनियार, चमार, महापात्र, सबरी कुटीको अहिले अस्तित्व छैन। कुटीसँगै जग्गा पनि अतिक्रमणकारीले हडपेका छन्।

Advertisement

रसिक निवास (मन्दिर र कुटी)को जग्गा अमर पजियारले कब्जा गरी सटर भाडा उठाउँदै आएका छन्। त्यसैगरी भानुचोकको रानीसति मन्दिर कब्जा गरी प्रभु जालानले कपडा व्यापार सञ्चालन गर्दै आएका छन्। सार्वजनिक जग्गालाई व्यक्ति विशेषको मन्दिर बनाएर उनले आलिशान महल ठड्याएका छन्।

अधिकांश कुटी महन्तकै मिलेमतोमा हडपिएको देखिन्छ। धर्मप्रति आस्था नभएकाहरू नै महन्त नियुक्ति भएका कारण मठमन्दिर विनाश भएको महन्त जगदीशदास वैष्णव ‘त्यागी’ बताउँछन्। जनकपुर धार्मिक नगरी भए पनि कतिपय महन्तमा धार्मिक आस्था नभएको, उनीहरू धर्मको संरक्षणभन्दा विनाशतर्फ बढी लागेको आरोप वैष्णव लगाउँछन्। अर्कातर्फ गुठी संस्थानजस्ता निकाय मठमन्दिर संरक्षण गर्नुको साटो जग्गा कसरी बेच्ने भन्नेमा लागेकाले समस्या आएको उनको बुझाइ छ। गुठी संस्थान जनकपुरका प्रमुख वैकुण्ठ रेग्मी भने संस्थानको अधीनस्त रहेको जग्गाको मात्रै संरक्षण गर्ने गरेको बताउँछन्।

विगतमा धार्मिक मेलाहरूमा श्रद्धालुको घुइँचो लाग्ने गरेको थियो। उनीहरू जातीयअनुसारका कुटीमा विश्राम र पूजा गर्थे। तर, अहिले श्रद्धालुहरू त्यो संख्यामा जनकपुर आउन छाडेको अध्यता रामभरोष कापडी ‘भ्रमर’ बताउँछन्। जानकी मन्दिरको प्रसिद्धिका कारण साधुसन्त ठूला संख्यामा जनकपुर आउँथे। उनीहरू भजनकिर्तन गरी रमाउँथे। ती साधुहरूका लागि कुटी बनाइन्थ्यो। साधुसन्तकै नामबाट मन्दिरको नाम राखिन्थ्यो। त्यसबेला सबै व्यवस्थित नै थिए। तर, बिस्तारै माफियाको चलखेल र मन्दिर संरक्षककै मिलेमतोमा कुटी मासिँदै गए। कुटीले दानमा पाएको जग्गा व्यक्तिमा नामसारी हुन थाल्यो र बिस्तारै भगवान्का मूर्तिसमेत बेचिए। जनकपुरधाम प्राचीन मिथिलाको राजधानीका साथै मठमन्दिरका सहरका रूपमा परिचित थियो। तर, पछिल्लो दुई दशकमा ४० भन्दा बढी मन्दिरसँगै मूर्ति हराएका छन्।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.