×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बजेट विहीनताको अन्त्य, बजेट खर्च गर्ने बाटो खुल्यो

४ आश्विन २०७८

४ असाेज, काठमाडाैँ ।

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ संसदबाट बहुमतले पारित भएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चर्को विरोधका बीच बहुमतले पारित भएको हो ।

Advertisement
Advertisement

संसदबाट बजेट पारित भएसँगै केही दिन देखिएको बजेट विहीनता अर्थात बजेट होलिडे अन्त्य हुने छ भने अब बजेट खर्च गर्न सरकारलाई बाटो खुलेको छ । तर त्यसअघि विधयेक राष्ट्रियसभाबाट पारित गरी राष्ट्रपति कार्यालयमा पठाएर कार्यान्वयनमा आउनु पर्नेछ । यसअघि बजेट अध्यादेश गएको बुधबार मध्यरातिदेखि निष्क्रिय भएको थियो । संसद्मा प्रस्तुत प्रतिस्थापन विधेयक तत्काल पारित नभएपछि बिहीबार यता सरकारी ढुकुटीबाट खर्च गर्न रोकिएको थियो ।

सरकार र प्रतिपक्षको किचलोमा बजेट पर्दा बजेट खर्च नै नहुने अवस्था आएपछि बुधबार मात्र सरकारले एकै दिन करीब १५ अर्ब रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यसरी खर्च भएको रकममध्ये चालु खर्चमा ८ अर्ब ७० करोड र वित्तीय व्यवस्थामा ६ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्च भने मात्र १६ करोड भएको तथ्यांकमा देखिएको छ । सर्वोच्च अदालतबाट पुनर्स्थापित संसद्को गत ३ साउनमा बसेको पहिलो बैठकमा बजेटसम्बन्धी अध्यादेश प्रस्तुत भएको थियो । ३० भदौ अर्थात् बुधबार ६० दिन पुगेको थियो । बुधबार मध्यरातपछि विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, आर्थिक अध्यादेश निष्क्रिय भएका थिए  । अध्यादेश जारी भइसकेपछि संसद् अधिवेशन सुरु भएको ६० दिनपछि संसद्बाट पारित नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ । नेपालमा बजेट आउन थालेको ७० वर्षको इतिहासमा पहिलोपटक यस्तो समस्या देखिएको थियो । सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको घोषणा गरे ।

त्यसैगरी बैठकले अर्थ मन्त्रीशर्माले प्रस्तुतगरेको आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई स्वीकृत पनि गरेको छ । प्रतिपक्षी दल एमालेले भने संसदको अवरोध कायम नै राखेको छ । सभामुख सापकोटाले एमालेप्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै एमालेले निरन्तर संसदमा विरोध गर्दै आएको छ । सोमबारको बैठकमा पनि एमाले सांसदहरुले वेल घेर्दै संसदीय सर्वोच्चताकायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन लगायतको नाराबाजी गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक असोज ७ गते बिहीवार दिउँसो २ बजे बोलाइएको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top