संघीय राजधानी काठमाडौं बन्यो साक्षर जिल्ला

४ असाेज, काठमाडाैँ ।

काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए । उनले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताए । सामाजिक विकास मन्त्री सुवेदीले भने, ‘साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौं, साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौंका संयोजक ज्यूको प्रस्ताव र प्रचलित कानूनबमोजिम काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ रहेकोले काठमाडौं जिल्लालाई आज मिति २०७८÷०६÷०४ गते सोमवारका दिन साक्षर जिल्ला घोषणा गर्दछु,साक्षर बनाउँदा आज हामी जुन किसिमको खुशी व्यक्त गरिरहेका छौँ, यसपछाडिका हाम्रा धेरै खुड्किलाहरु पनि छन्, हामीले अरु धेरै कुराहरुलाई लिएर अघि बढ्नुपर्नेछ, त्यसैले अब त्यो भन्दा बाँकीलाई साक्षर बनाउनुपर्नेछ, अहिले ललितपुर शतप्रतिशत साक्षर जिल्ला छ, त्यसैगरी काठमाडौंलाई पनि पूर्ण साक्षर बनाइनेछ ।’

Advertisement

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौति रहेको बताए । श्रोत र साधन पर्याप्त भएपनि यसलाई व्यवस्थापन गर्न नसकेको उनले बताए । निर्देशक लुइँटेलले शिक्षाको कार्यक्रममा र कार्यान्वयनमा जटिल समस्या रहेको भन्दै नेपालमा शिक्षाको अहिलेको अवस्था बसको इन्जिन नबनाइ झ्याल ढोका बनाउन थालिएको र इन्जिन मुग्लिनमा गएर जोड्ने जस्तो तरिकाले अघि बढीरहेको तर्क गरे । निर्देशक लुइँटेलले भने, ‘शिक्षामा व्यवस्थापकीय चुनौति छ । श्रोत र साधन छ तर व्यवस्थापन र कार्यान्वयनमा जटील चुनौति छ, म एउटा शिक्षासेवक भएकोले के भन्छु भने नेपालको शिक्षामा कार्यक्रममै चुनौति छ, कार्यान्वयनमै जटिल समस्या छ, अहिलेको शिक्षाको अवस्था बसको इन्जिन बनाइएको छैन, झ्यालहरु बनाउन थालिएको छ, त्यो पनि इन्जिन मुग्लिनमा जोड्ने गरी, त्यहाँसम्म पुग्छ कि पुग्दैन थाहा छैन ।’

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरुलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान अनुरोध गरे । उनले प्राविधिक शिक्षा क्षेत्रमा बढी भन्दा बढी रकम लगानी गर्न अनुरोध गरे। सचिव थपलियाले भन्नुभयो, ‘म खास गरी शिक्षा शाखामा काम गर्ने हाम्रा शिक्षा अधिकारी ज्यूहरुलाई विशेष निवेदन गर्न चाहन्छु,भोलिको दिनमा हामीले हाम्रो व्यवस्थापनलाई चुस्त बनाउनका लागि स्थानीय पालिकाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले त्यसैले म सामाजिक विकास मन्त्री ज्यूलाई प्राविधिक शिक्षा क्षेत्रमा धेरै भन्दा धेरै बजेट छुट्याउन अनुरोध गर्दछु ।’

Advertisement

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । सोही अनुरुप आज काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top