४ असोज, काठमाडौं ।
नेकपा एमालेको स्थायी कमिटीमा पेश भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ ।
स्थायी कमिटी बैठकमा पेश भएको अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन मस्यौदा, महासचिव ईश्वर पोखरेलले तयार पारेको संगठनात्मक प्रतिवेदन मस्यौदा र उपमहासचिव विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधन प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटी बैठकमा लाने निर्णय भएकाे एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
आइतबार र सोमबार बसेको स्थायी कमिटीमा ती मस्यौदा माथि छलफल भएको छ । यी तीन वटै प्रतिवेदन मस्यौदा माथि स्थायी कमिटी सदस्यहरुले राखेको टिप्पणी गरेका थिए ।
आगामी १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुको समेत सुझाव समेटिने भट्टराईले बताए । ८ र ९ असोजमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।