४ असोज, काठमाडौं ।
सर्वोच्च अदालत बार एशोसिएसनले बहालवाला न्यायाधीशलाई मानपदवीद्वारा विभूषित गर्दा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर असर पुर्याउने बताएको छ । सोमबार सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् ।
विज्ञप्तिमा न्यायपालिकामा कार्यरत् न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण सिर्जना गर्न नहुनेमा बार अडिग रहेको जनाएको जनाइएकाे छ ।
सचिव घिमिरेले भनेका छन्, ‘बहालवाला न्यायाधीशहरुले सरकारको कुनै निकाय वा संस्थाबाट मानपदवी ग्रहण गर्दा हुने विभिन्न किसिमका टिकाटिप्पणी हुने र उसले सम्पादन गर्ने न्यायमा प्रभाव पर्न सक्ने, न्यायिक स्वतन्त्रताको मूल्य मान्यतामा आँच आउन सक्ने हुँदा त्यस प्रकारका मानपदवीहरु न्यायाधीशले ग्रहण गने वा नगर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।’