दशैंको मुखमा चिनियाँ नाकामा रोकिए कन्टेनर

५ असोज, सिन्धुपाल्चोक ।

दशैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनर चिनियाँ नाका सीमापारि रोकिएका छन् । व्यापारीहरूले चीनबाट मगाएको चाडपर्व लक्षित सामान रोकिएको हो ।

नेपाल–चीन सडकमार्गमा सवारी आवागमन प्रभावित हुँदा सामान ल्याउन समस्या भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए । नाकामा सहजीकरण गर्न र व्यापार सहज बनाउन अवरुद्ध सडक र लगातारको वर्षाका कारण सडक सञ्चालनको काम सार्थक बन्न सकेको छैन ।

भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ । नेपाली व्यापारीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन ।

नाकाबाट नेपालीको आउजाउमा प्रतिबन्ध छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मतमा सरकारको ध्यान जान सकेको छैन ।

तातोपानी भन्सार कार्यालयमा असार महिनामा ११ करोड ३९ लाख राजश्व संकलन भएको छ । साउनमा सात करोड २१ लाख राजश्व संकलन भएको छ ।

गत वर्षको साउनमा तीन करोड ४८ लाख राजश्व उठेकोमा यस वर्ष सात करोड २१ लाख संकलन भएकाले निकै प्रगति देखिएको अधिकृत ढकालले बताए । गत वर्षको सालमा कोभिड र बाढीपहिरोले सडक सञ्चालन नहुँदा खासै सामान नभित्रिएकाले राजश्व कम उठेको भन्सारले जनाएको छ ।

तातोपानी र केरुङ नाकाबाट सामान आयातमा समस्या देखिएपछि व्यापारीले समुद्रीमार्गबाट सामान ल्याउन लागेका छन् । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा तथा केरुङ र तातोपानी सडकमा पटक–पटक पहिरो चल्दा निम्तिएको सडक अवरोधलगायत कारणले सामान ल्याउन ढिलाइ भएको हो ।

सडकमार्ग हुँदै आयात गरिएको सामान १५ दिनमै नेपाल आइपुग्छ । आयातमा लगाइएको सीमाका कारण यस वर्ष पनि दशैंका सामान झिकाइएका हजारभन्दा बढी कन्टेनर तातोपानीतर्फको खासा र रसुवातर्फको केरुङमा थन्केका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिदा आयातकर्ताले मालसामान दशैंमा बेच्न पाउने आश मार्न थालेका छन् ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top