नेकपा एसको केन्द्रीय कमिटी बैठकमा माधव नेपालले पेश गरे राजनीतिक प्रतिवेदन

नेकपा एसको केन्द्रीय कमिटी बैठकमा माधव नेपालले पेश गरे राजनीतिक प्रतिवेदन

५ असाेज, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । त्यस्तै मंगलबारको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराइएको पनि उनले जानकारी दिए । उनले भने – ‘थपिएका केन्द्रीय कमिटीका सदस्यहरु जो हामीले निर्वाचन आयोगमा बुझाएका थियौँ ११६ जनाको नाम थियो । उहाँहरुलाई सनाखत गरिएका बाहेक, थप गरिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराएका छौँ । यसपश्चात पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राजनीतिक प्रतिवेदन त्यसमा छलफल गर्नका लागि पाँचवटा समुहमा समुह छलफलका लागि सूची तयार पारेका छौँ र भोली बिहान १० बजे सम्मका लागि समय निश्चित गरेका छौँ ।’

पार्टीको बैठक बुधवार पनि बस्ने उनले जानकारी दिए । बुधबार को बैठकले समसामयिक प्रस्ताव परित गर्ने, कार्यविभाजन गर्ने उनको भनाई छ । आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढिकरण र पार्टीलाई पुर्नजागृत गरिने योजना रहेको उनले उल्लेख गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.