६ असोज, काठमाडौं ।
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी नै बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गएराति खसेको पहिरो आज बिहानदेखि हटाउन थालिएको छ । तर ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि गाडी रोकिएका छन् ।