मन्त्री छनोट गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

६ असोज, काठमाडौं ।

Advertisement

मन्त्री छनोट गर्नका लागि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ ।

आज दिउसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ। बैठकमा सरकारमा सहभागी हुने मन्त्रीका विषयमा छलफल हुने जनाइएको छ।

Advertisement

मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति गरेको थियो। त्यहिअनुसार, आज बस्ने कांग्रेसको पदाधिकारी बैठकले परराष्ट्रमन्त्री छनोट गर्ने जनाइएको छ।

कांग्रेस स्रोतका अनुसार डा. नारायण खड्काको सम्भावना रहेको छ। यस विषयमा सत्तारुढ गठबन्धनको बैठकमा पनि छलफल भएको थियो। परराष्ट्रमन्त्रीलाई आजै शपथ खुवाउने तयारी रहेको छ।

Advertisement

यसअघि प्रधानमन्त्री देउवाले असार २९ गते चार मन्त्री नियक्त गरेका थिए। जसमा कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री छन् भने नेकपा (माओवादी केन्द्र) बाट पम्फा भुसाल उर्जा र जनार्दन शर्मा अर्थमन्त्री छन्।

त्यसपछि प्रधानमन्त्री देउवाले साउन १० गते कांग्रेसबाट स्वास्थ्यराज्यमन्त्री नियुक्त गरेका थिए। कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्यराज्यमन्त्रीका रुपमा कार्यरत छन्।

आजको कांग्रेस पदाधिकारी बैठकमा १४औं महाधिवेशनका विषयमा पनि छलफलल हुने जनाइएको छ। कांग्रेसका केही जिल्लामा क्रियाशील सदस्यता विवादले वडा अधिवेशन हुन सकेको छैन। त्यस विषयमा छलफल हुने जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top