सरकारले रकम उपलब्ध नगराउँदा रोकियो स्वास्थ्य बीमाअन्तर्गतको उपचार सुविधा

५ असोज ७८, बुधबार

६ असोज, काठमाडौ ।

Advertisement

सरकारले स्वास्थ्य बीमावापतको रकम उपलब्ध नगराउँदा मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालले स्वास्थ्य बीमावापतको सम्पूर्ण सेवा बन्द गरेको छ। अस्पतालले बीमा सेवा बन्द गरेसँगै उपचारका लागि आएका बीमाका बिरामी मारमा परेका छन्।

सरकारले समयमा स्वास्थ्य बीमाको रकम उपलब्ध नगराउँदा बाध्य भएर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवा तत्कालका लागि बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए। अस्पतालले उधारोमा औषधि ल्याएर बिरामीलाई वितरण गरिरहँदा ९ करोड तिर्न बाँकी रहेपछि बाध्य भएर बीमा सेवा बन्द गर्नुपरेको उनको भनाइ छ।

Advertisement

औषधि र ल्याबका केमिकल आपूर्तिकर्तालाई समेत भुक्तानी गर्न बाँकी भएपछि औषधि आपूर्ति नै बन्द भएकाले बाध्य भएर सेवा बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ।

औषधि आपूर्तिकर्तालाई धेरै रकम भुक्तानी गर्न बाँकी भएपछि औषधि आपूर्ति नै बन्द गरेको र बैंकको ब्याज तिर्न सकिएन भन्दै रकम भुक्तानी गर्न दबाब दिएको उनको भनाइ छ। बीमाको रकम पटक–पटक रोकिँदै आएको र यसअघि पनि असारसम्ममासेवा रोक्न खोजेपछि बोर्डले रु दुई करोड भुक्तानी गरेको थियो।

Advertisement

यस अस्पतालमा बीमा कार्ड भएका बिरामीले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत अस्पतालले प्रदान गरेका सम्पूर्ण सेवा लिँदै आएका छन्।

हाल १०२ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा १६ शय्याको आइसीयू, १५ थान भेन्टिलेटर, बच्चाका लागि दुई भेन्टिलेटर सञ्चालनमा छन्। सरकारले रकम प्रदान गरेपछि पुनः बिमितको उपचार सुरु गरिने अस्पतालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top