अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प

६ असोज, एजेन्सी ।

Advertisement

दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् ।
स्थानीय सयम विहान ९ ः१५ बजे (नेपाली समय ५ बजे तिर ) सो भूकम्प गएको बीबीसीले जनाएको छ ।

छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा मा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । साथै ४.० र ३.१ रेक्टरका पराकम्प पनि गएको जनाइएको हो ।

Advertisement

अस्ट्रेलियाका प्रधानमनत्री स्कट मोरिसनले भूकम्पमा कोही पनि गम्भीर घाइते भएको जानकारी नभएको भन्दै त्यो खुशीको खबर भएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top