मन्त्री नियुक्ति गर्दा पार्टीभित्र छलफल नगरेको भन्दै पौडेल असन्तुष्ट

६ असोज, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले असन्तुष्टि जनाएकाे छ ।

नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले एकलौटी गर्न खोजेको भन्दै आफूपक्षीय नेताहरुको बैठक बोलाएका छन् । बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बुधबार दिउँसो बस्ने छ ।

Advertisement

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका छन् । मंगलबार सत्तारुढ दलहरुको बैठकले परराष्ट्रमन्त्रीमा कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. खड्कालाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर कांग्रेस वरिष्ठ नेता पौडेलले भने मन्त्री नियुक्तिका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने माग गरेका थिए । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए ।

कांग्रेसबाट परराष्ट्रमन्त्री खड्कासहित चार जना मन्त्री नियुक्त भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top